• २ असोज २०८३, शुक्रबार
  • ३ः२९ दिउँसो

सैनिक-नागरिक सम्बन्धका कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिँदै नेपाली सेना

प्रकाशित मिति

२०७७ मंसिर २३ गते, मंगलवार १२:५३

काठमाण्डु , जनताले छिटो लाभ प्राप्त गर्ने तथा सैनिक नागरिक सम्बन्धमा कोसेढुङ्गा सावित हुने कार्यक्रम कार्यान्वयनलाई पछिल्लो समय नेपाली सेनाले तीव्रता दिँदै आएको छ ।

National Life

स्थानीय आवश्यकता पहिचान गरी विकास, निर्माण र सामाजिक सेवाका कार्यक्रममार्फत सैनिक–नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले थोरै बजेटमा धेरै जनता लाभान्वित हुने कार्यक्रमलाई सेनाले प्राथमिकतामा राखेको हाे ।

साेहि क्रममा गरुडदल गणद्वारा रुपन्देही जिल्लाको मर्चवारी गा.पा.-५ महुवारी ईलाकामा व्यवस्थित हाट बजारको लागि निर्मित ट्रष्टघर नं.२२ बाहिनी अड्डाको बाहिनी अड्डाका बाहिनीपति सुदर्शन सिलवालले साेमबार गाउँपालिका अध्यक्ष केशव नन्द बाँनियालाई हस्तान्तरण गरेका छन्

Classic Tech Mobile
Classic Tech Desktop

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, गाउँपालिका अध्यक्ष, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, स्थानीय एवम पत्रकारको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको दौरान उल्लेखित ट्रष्टघर निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने मर्चवारी गाउँपालिकाका अध्यक्ष, वडा नं.५ का वडा अध्यक्ष, गाउँपालिका कार्यालय र वडा नं.५ कार्यालयलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गाउँपालिका अध्यक्ष बाँनियाले नेपाली सेनाको यस प्रकारको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दैँ आगामी दिनहरुमा समेत यस्तै सहयोग र सहकार्यको अपेक्षा समेत रहेको धारणा व्यक्त गरेका थिए ।

उक्त निर्माणबाट करिब ४,००० स्थानीय व्यक्ति लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपाली सेना सिमितसाधन स्रोतको बाबजुद स्थानीय जनताको आवश्यकता पुरा गर्न सदैव प्रयत्‍नशिल रहेको नेपाली सेनाले जनाएकाे छ ।

प्रतिकृया