• ८ असोज २०८३, बिहीबार
  • ७ः५८ बेलुका

सचिब आचार्य सहित भोजपुरका ५ बिशिष्ट ब्यक्तित्वलाई सम्मान

प्रकाशित मिति

२०७७ मंसिर २२ गते, सोमबार १२:४३

भक्तपुर, मंसिर २२ गते । दावाँली मिलन क्लब भोजपुरले बिभिन्न ५ जना बिशिष्ट ब्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

National Life

भक्तपुरको नगरकोटमा आयोजित कार्यक्रममा सम्मानित हुनुहुनेमा नेपाल सरकारका सचिब सुरेश आचार्य ,बागमति सभ्यता एकिकृत बिकास समितिका कार्यकारी अध्यक्ष उद्धब तिमिल्सिना ,माछापुच्छ बैैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला,लघुबिद्युत् ब्यबसायी बिक्रम बिष्ट र उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउत हुनुहुन्छ ।

सम्मानित ब्यक्तित्वहरुलाई पुर्व अर्थमन्त्री तथा प्रशासक शंकर कोईराला र प्रतिनिधीसभा सदस्य यज्ञराज सुनुवार र क्लबका अध्यक्ष रोशन श्रेष्ठले सम्मानपत्र र खाँदा ओढाई सम्मान गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

क्लबमा आबद्ध र भोजपुरमा जन्मिएका तथा राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रमा नियुक्त भई जिम्मेवारी बहन गर्न लाग्नुभएका ब्यक्तित्वलाई सम्मान गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा गीतकार समेत रहनुभएका पुर्व अर्थमन्त्री कोईराला, प्रतिनिधीसभा सदस्य सुनुवार ,प्रा डा उपेन्द्र कोईराला,पुर्व प्रधान सेनापति रुक्माङ्गत कटुवाल,सशस्त्र प्रहरीका पुर्व महानिरीक्षक दुर्जकुमार राई ,भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई,क्लबका सचिब डिल्लीश्वर प्रधान लगायतले दावाँली मिलन क्लब , सम्मानित ब्यक्तित्व र राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रमा भोजपुरे प्रतिभाले पारेको प्रभाव र योगदान बारे बोल्नुभएको थियो ।

कार्यक्रममा संगीत नाट्य प्रतिष्ठानका सदस्य सचिब श्याम तमोट,मेडिकल एसोसिएसनका अध्यक्ष डा लोचन कार्की ,क्लबका महासचिब सुरेन्द्र श्रेष्ठ लगायत भोजपुरको माटोमा मौलाएका बिशिष्ट ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा सम्मानित ब्यक्तित्व नेपाल सरकारका सचिब सुरेश आचार्य अर्थात गीतकार सियरा आचार्यद्धारा रचित सुमधुर गीतहरुको सांगीतिक संग्रह(सीडी) तिम्रो प्रेरणाले को प्रमोशन गरिएको थियो ।

बिभिन्न चर्चित गायक, गायिकाको स्वर र संगीतकारको संगीत समेटिएको सीडीको छिट्टै नै संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराई र संस्कृति पुरुष सत्यमोहन जोशीले संयुक्त रुपमा सार्वजनिक गर्ने तैयारी भैरहेको गीतकार आचार्यले जानाकारी दिनुभयो ।

प्रतिकृया