• ८ असोज २०८३, बिहीबार
  • १०ः०७ राती

कक्षा ११ र १२ को सूचना, कोभिड–१९ संक्रमित विद्यार्थीहरुको विवरण उपलब्ध गराउने

प्रकाशित मिति

२०७७ मंसिर २२ गते, सोमबार ०१:१५

सानोठिमी भक्तपुर , राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति २०७७ मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा(Covid-19 ) को संक्रमणका कारण सम्पूर्ण वा केही विषयको परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीहरुले
आफ्नो मिति २०७७ कार्तिक २४ गतेदेखि मंसिर १६ गतेभित्र( Covid-19 ) बाट संक्रमित भएको भए नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाबाट लिइएको Covid-19 positive report  सम्बन्धित विद्यालयहरुमा मिति २०७७ मंसिर २६ गतेभित्र पेश गर्न  एवम् सम्बन्धित विद्यालयहरुले संक्रमित विद्यार्थीको नाम, रजिष्ट्रेशन नम्बर, सिम्बोल नम्बर, परीक्षा दिने विषय एवम् Covid-19 positive भएको report (प्रधानाध्यापकले प्रमाणित गरेको छायाँप्रति) सहितको विवरण २०७७ मंसिर मसान्तभित्र बोर्डका सम्बन्धित कार्यालयहरुमा बुझाउन राष्ट्रिय परीक्षा बोडले सुचना जारि गरेको छ ।

National Life

 

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया