• ९ असार २०८३, मंगलबार
  • २:२९ बेलुका

आगामी साता ऊर्जा सचिवस्तरीय बैठक

प्रकाशित मिति

२०७७ मंसिर १९ गते, शुक्रबार ०७:२३

काठमाडौं, नेपाल र भारतबीचको विद्युत् व्यापार सम्झौता ९पीटीए० कार्यान्वयनका लागि आठौं सचिवस्तरीय बैठक आगामी साता हुने भएको छ । आगामी साताको बिहीवार र शुक्रवार भर्चुअल माध्यमबाट उक्त बैठक गर्न लागिएको हो ।

नेपाल–भारतबीच २०७१ कात्तिक ४ गते विद्युत् व्यापार सम्झौता भएको थियो । पीटीए कार्यान्वयनका लागि नेपाल–भारतको सचिवस्तरीय बैठक हरेक वर्ष हुँदै आएको छ । पीटीएपश्चात् दुवै देशले आलोपालो बैठक राख्दै आएका छन् ।

Kamana Sewa

यसअघि २०१९ अक्टोबर ९२ ९७६ असोज २६ र २७ गते० मा भारतको बैङ्लोरमा यस्तो बैठक सम्पन्न भएको थियो । यसपटक बैठक आयोजना गर्ने पालो नेपालको हो । कोरोना भाइरसको जोखिमका कारण भर्चुअल रूपमा उक्त बैठक गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बताएको छ ।

Classic Tech Desktop

गतवर्षको बैठकले न्यू बुटवल–न्यू गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन ९४०० केभी० को निर्माण दुवै देशले बराबर लगानी गरेर बनाउने निर्णय भएको थियो ।

बैङ्लोर बैठकले दुई देशबीच थप दुई अन्तरदेशीय प्रसारण लाइन इनरुवा–पूर्णिया र लम्की–बरेलीको विस्तृत परियोजना प्रतिवेदन पनि स्वीकृत गरेको थियो । यी दुई प्रसारण लाइनको लगानी ढाँचा यो बैठकमा तय गर्ने योजना छ ।

यो बैठकमा अन्तरदेशीय प्रसारण लाइनले नै प्राथमिकता पाउने बताइएको छ । यस्तै, इनर्जी बैंकिङ, प्रचलित प्रसारण लाइनको स्तरोन्नति र सुनौली–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारणको प्रस्ताव पनि बैठकमा पेश गर्ने मन्त्रालयको तयारी रहेको छ ।
आर्थिक अभियान दैनिकबाट साभार

प्रतिकृया