• ९ असोज २०८३, शुक्रबार
  • ६ः०८ बेलुका

कर्मचारी समायोजन अधिकार प्रदेश सरकारलाई

प्रकाशित मिति

२०७७ मंसिर १४ गते, आईतवार ०८:११

काठमाडौं, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गर्दै गरेको कर्मचारीको सरुवासम्बन्धी नयाँ मापदण्डमा केही अधिकार प्रदेशलाई हस्तान्तरण गर्न प्रस्ताव अघि सारिएको छ । मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय प्रमुख सरुवाको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी अगाडि बढाएको हो । हाल नगरपालिका, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संघले खटाउँदै आएको छ ।

National Life

मन्त्रालयका प्रवक्ता सहसचिव वसन्त अधिकारीले कर्मचारीको सरुवालाई कसरी थप व्यावहारिक बनाउने भन्ने विषयमा मापदण्ड तयारी भइरहेको बताउँदै भने– ‘केही सरुवाको अधिकार प्रदेशलाई हस्तान्तरण गर्दा राम्रो हुन्छ कि भन्ने कोणबाट छलफल भइरहेको छ ।’ मन्त्रालय नीतिगत कामभन्दा पनि सधैंभरि कर्मचारी सरुवामै व्यस्त रहनुपरेको अवस्थालाई मध्यनजर गर्दै सो विषयमा छलफल भइरहेको पनि प्रवक्ता अधिकारीको भनाइ रहेको छ ।

प्रस्तावित नयाँ मापदण्डमा स्थानीय तहमा खटाइने प्रमुख प्रशासकीय प्रमुख एकमुष्टरूपमा सरुवा गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र त्यहाँ गएका अधिकृतलाई मुख्यमन्त्री कार्यालयबाटै खटाउने व्यवस्था गर्न खोजिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रमुख प्रशासकीय अधिकृतलाई खटाउने अधिकार पाएपछि प्रदेश र स्थानीय तहबीचको समन्वय पनि बढेर जाने विश्वास गरिएको छ । यस विषयमा मन्त्री र उच्चपदस्थ कर्मचारीहरु सकारात्मक रहेका छन् । हाल संघबाट प्रमुख प्रशासकीय प्रमुख खटाउँदा प्रदेश र स्थानीय तहबीच कुनै सम्बन्ध बन्न नसकेको हो ।
नेपाल समाचारपत्र दैनिकबाट साभार

प्रतिकृया