• २५ भदौ २०८३, बिहीबार
  • ३ः५८ दिउँसो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

प्रकाशित मिति

२०७७ मंसिर ३ गते, बुधबार १२:३०

काठमाण्डौ,मंसिर ३ ।  नेपाली बजारमा सुनको मूल्य अरु दिनको तुलनामा आज केही घटेको छ । आज सुन १०० रुपैयाँले घटेको हो  ।
कात्तिक २८ गते पछि आज बजार खुल्दा १०० रुपैयाँले घटेको हो ।

National Life

सुन गत हप्ता मंगलबार एकै दिन ३ हजार ४०० ले घटेको थियो । सोमबार ५ सय रुपैंयाँले बढेर ९८ हजार २०० सयमा कारोबार भएको सुन मंगलबार ९४ हजार ८०० मा कारोबार भएको थियो । आइतबार १ हजारले बढ्दै ९७ हजार ७ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९५ हजार १०० सय र तेजाबी सुनको मूल्य ९४ हजार ६०० सय कायम रहेको छ । त्यस्तै,  चाँदीको मूल्य भने आज १० रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार २३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया