• ४ असार २०८३, बिहीबार
  • १०:४७ बेलुका

महाकाली नदीको झोलुङ्गे पुलमा आवागमन बन्द

प्रकाशित मिति

२०७७ कार्तिक २८ गते, शुक्रबार ०१:५२

कञ्चनपुर ,कार्तिक २८ । कञ्चनपुरको महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द गरिएको छ ।

पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो । आज बिहान ११:३० देखि अपराह्न ३ बजे सम्मका लागि पुल भएर आवागमन बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले जानकारी दिए ।

Kamana Sewa

‘अत्यधिक भारका कारण पुलका नट बोल्ट खुस्केका, डेकहरु टुटेका कारण पुलको मर्मत नहुन्जेल सम्मका लागि बन्द गरिएको छ’, उनले भने, ‘पुल मर्मतको कार्य पूरा नहुन्जेल आवागमन नगरिदिन समेत आग्रह गरेका छौँ ।’

Classic Tech Desktop

गतवर्ष मात्रै जीर्ण पुलको सुदूरपश्चिम सरकारले रु ६० लाख खर्चेर ठेक्का प्रकृयामाफर्त मर्मत गरेको थियो ।

डडेल्धुराको खाम्पाचे देबभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्श अमरगढी–५ जेभीले पुल मर्मतको ठेक्का लिएको थियो । पुल मर्मत गरेको एक वर्ष नपुग्दै पुनः मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ ।

महाकाली नदी पारीको माहाकाली नगरपालिका जोड्ने डेढ मिटर चौडाइको पुलको लम्बाइ एक हजार ४५२ मिटर छ ।

नेपालमा रहेका सबै प्रकारका पुलमध्ये यो पुल नै सबैभन्दा लामो पुल हो । विसं २०६१ सालमा रु ९ करोड ४२ लाख ४१ हजारमा पुल निर्माण गरिएको थियो । यो पुल एसियामै लामो झोलुङ्गे पुलका रुपमा परिचित छ । पुल ३२/७ मिटरका ७ ओटा अग्ला टावरमा ठड्याइएको छ ।

प्रतिकृया