• १२ असार २०८३, शुक्रबार
  • १०:४० बेलुका

राष्ट्रिय वाणिज्य बैंकले पूर्व सशस्त्र प्रहरीलाई पेन्सनर कर्जा दिने

प्रकाशित मिति

२०७७ कार्तिक २५ गते, मंगलवार १२:०९

काठमाडौं,  राष्ट्रिय वाणिज्य बैंकले नेपाल पूर्व सशस्त्र प्रहरी संघका सदस्यहरुलाई पेन्सनर कर्जा प्रवाह गर्ने भएको छ । सो सम्बन्धी बैंक र संघबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष किशोर कुमार लामाले हस्ताक्षर गरेका छन् ।

Kamana Sewa

उक्त सम्झौता भएपश्चात नेपाल पूर्व सशस्त्र प्रहरी संघले कर्जा आवश्यक भएका आफ्ना सदस्यहरुलाई बैंकमा सिफारिश गर्ने छ । बैंकले सिफारिश भएर आएका सदस्यहरुलाई बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही अधिकतम दश लाख रुपैंयासम्म आधार दरमा दुई प्रतिशत थप प्रिमियम जोडेर पेन्सनर कर्जा प्रवाह गर्ने छ ।

Classic Tech Desktop

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सशस्त्र प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछी पनि साना तथा मध्यम व्यवसाय गरी उत्पादनसँग जोडिइ आफ्नो आर्थिक अवस्था सुधार गर्न यो कर्जाले सघाउ पुर्याउने बताए ।

त्यसैगरी, संघका अध्यक्ष किशोर कुमार लामाले अवकाश प्राप्त सुरक्षाकर्मी साथीहरुले नोकरी पछी बैदेशिक रोजगारीमा नगई नेपालमै केही कार्य गर्न सकिने बताए ।

बैंकको हाल ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिकृया