• ११ असार २०८३, बिहीबार
  • २:४३ बिहान

विष्णु पौडेललाई प्रचण्डको यस्तो जवाफ, दाहाल–नेपालले ओलीलाई भोलिसम्म पर्खने,

प्रकाशित मिति

२०७७ कार्तिक २४ गते, सोमबार ०२:०८

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद झनै चुलिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका ५ सदस्यले भेटेरै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बैठक डाक्न लिखित रुपमै आग्रह गरेका छन् । तर, ओलीले भने तत्काल बैठक बोलाउने पक्षमा आफू नरहेको सन्देश दाहाल–नेपाल समूहलाई पठाईसकेका छन् ।

माधव नेपाललाई प्रधानमन्त्री बन्ने मौका

Kamana Sewa

ओलीले पार्टी फुट्ने खतरा औल्याउँदा नेपालद्वारा एकता मजबुत बनाउने प्रस्ताव ल्याउन आग्रह

Classic Tech Desktop

आजमात्रै ओलीको सन्देश बोकेर महासचिव विष्णु प्रसाद पौडेलले अध्यक्ष दाहालसँग भेटवार्ता गरेका छन् । उक्त भेटमा महासचिव पौडेलले विधानअनुसार १५ दिनभित्र बैठक बोलाईसक्नुपर्ने भएकोले सोहीअनुसार बैठक बोलाईने भन्दै आजको भोलि नै बैठक बस्न नसक्ने जानकारी गराएका थिए । तर, दाहालले भने आफू पार्टीको कार्यकारी अध्यक्ष भएको र सचिवालयका बहुमत सदस्यहरुले बैठक बोलाउन माग गरिसकेकोले जतिसक्दो चाँडो बैठक बस्नुपर्ने कुरा सम्झाएका थिए । दाहालले भोलिसम्म पनि ओलीले बैठक बोलाउने तयारी नगरे आफूले नै बैठक बोलाउने चेतावनी दिएका छन् ।

प्रतिकृया