• ८ असार २०८३, सोमबार
  • ८:५३ बेलुका

बबई सिँचाइ आयोजनाको नहर निर्माण प्रक्रिया तीव्र गतिमा

प्रकाशित मिति

२०७७ कार्तिक २२ गते, शनिबार ०५:२२

बाँके, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाले वर्दियाको पूर्वमा पश्चिममा गरी ३६ हजार हेक्टर वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने गरी नहर निर्माण प्रक्रिया तीव्रगतिमा अगाडि बढाएको छ । बबई नदीको पश्चिमी भेगमा १५ हजार हेक्टर र पूर्वी भेगमा २१ हजार हेक्टर नहर निर्माण भएको आयोजनाका प्रमुख मधुकर रानाले बताए ।

बर्दियाको कृषियोग्य जमीनलाई सिँचाइ सुविधा उपलब्ध गराउने गरी संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमको आर्थिक सहयोगमा आव २०४९÷५० बाट परम्परागत रुपमा किसानद्वारा सञ्चालित बूढीकुलो, मझराकुलो, राजकुलो र धधवारकुलोमा सिँचाइ बबई नदीको पानी नहरमार्फत पु¥याउँदै आव २०७४र७५ मा सक्ने लक्ष्य आयोजनाले राखेको प्रमुख रानाले बताए ।

Kamana Sewa

आयोजनाले गरेको नहर निमार्णमा विसं २०७१ तथा २०७४ मा आएको बाढीले बगाएको हुँदा बाढीबाट भत्किएका संरचना र नयाँ संरचना आयोजनाले थप पश्चिमी मूल नहर गुलरियासम्म पु¥याउने लक्ष्य लिएको छ ।

Classic Tech Desktop

पश्चिम क्षेत्र विकास विस्तार सिञ्चित क्षेत्र बचावटका लागि तटबन्धन निर्माण शाखा उपशाखा नहरको आधुनिकीकरणलगायतका कार्य गर्दै आइरहेकाले गर्दा आव २०७८र७९ मा आयोजनाले नहर निर्माण गर्दा रु १२ अर्ब ५६ करोड ८० हजार गुरुयोजनामा कार्यान्वयन गरिरहेको रानाले बताए ।

आगामी वर्षसम्म पश्चिमी भेगको नहर निर्माण गुुलरिया नगरपालिकाको पर्वतीय मन्दिरसम्म गरिसक्ने लक्ष्य छ । बबई सिँचाइ आयोजनाले पूर्वतर्फ बाँकी रहेको करिब दुई किलोमिटर मूल नहर आधुनिकीकरण गरी ३४ किलोमिटर नहर निर्माण गर्ने यो वर्षको लक्ष्य छ ।

बबई नदीको बायाँतर्फको छवटा अति जोखिम क्षेत्रमा व्यवस्थित नदी नियन्त्रणका लागि सिञ्चित क्षेत्र र संरचना बचावटका लागि ठेक्का आह्वान भई मूल्याङ्कन चरण पूरा भएको आयोजना प्रमुखले जानकारी दिए ।

बाढीबाट क्षतिग्रस्त क्षेत्र तथा संरचना संरक्षण तटबन्धन पुनःनिर्माण तीन किलोमिटरमा भइरहेको छ । पूर्व नहर प्रणालीको शाखा उपशाखा तथा विभिन्न संरचनाहरु निर्माण भइरहेको आयोजना प्रमुखले बताए ।

भेरी बबई डाइभर्सन पूरा भएपश्चात आयोजनाले सिञ्चित क्षेत्रको गर्नुपर्ने विभिन्न कार्यका प्रक्रिया अगाडि बढाउन सरोकोरवाला निकायसँग छलफल तथा अन्तक्र्रिया भएको बताएको छ ।

बबई सिँचाइ आयोजनाको यस वर्ष ७० प्रतिशत भौतिक प्रगति गरेको छ । अहिलेसम्म मुआब्जा वितरणसमेत गरी रु ७५ करोड ६३ लाख ५५ हजार चालु आर्थिक वर्षसम्म खर्च गरेको जानकारी रानाले दिए ।

बबई सिँचाइ आयोजनाले अधिग्रहण गर्ने जग्गामा मूल्याङ्कनपश्चात मुआब्जा वितरण कार्य गत आवमै सम्पन्न गरिने उनले बताए ।

गत आव २०७६र७७ मा ६१ प्रतिशत रहेको वितीय प्रगति ६० प्रतिशत रहेको थियो भने खर्च ८३ करोड ५२ लाख भएको थियो । उनले कमाण्ड एरिया विकासमा बबई एक हजार १०० हेक्टर थप जमीनमा सिँचाइ पु¥याउन सकेको बताए ।

३६ हजार हेक्टरमध्ये २२ हजार ६०० हेक्टर जमीनमा सिँचाइ पु¥याएको बताए । मूल नहर पश्चिमतर्फ ३४ किलोमिटर बनिसकेको छ । रु एक अर्ब ४९ करोड २१ लाख बजेट रहेको छ ।

वर्षमा फागुनदेखि जेठसम्म मात्र निर्माणको काम गर्न सकिने उनको भनाइ छ । ४।९ किलोमिटर मूल नहर बनाउने योजना रहेको छ । शाखा उपशाखा प्रशाखाहरु १७ किलोमिटर पक्की नहर निर्माण गर्ने योजना छ ।

त्यसैगरी बबई नदीको बायाँतर्फ चार किलोमिटर तटबन्ध गर्ने योजना छ । यस वर्ष चार हजार हेक्टर जमीनमा सिँचाइ पुयाउने योजना छ । कोरोना महामारीमा विदेशबाट फर्किएका युवा कृषि खेतीतर्फ आकर्षित भएको बेलामा बबई प्रशस्त सिँचाइ पु¥याउँदा कृषक खुशी छन् ।

बर्दियामा मात्रै कुलो सिँचाइमा जनताले बर्दियाको राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइ सरसफाइ गर्न तीन हजार ७०० सिँचाइका उपभोक्ताले निःशुल्क श्रमदान गरी राष्ट्रिय सिँचाइ पर्व यहाँ मनाएको बबई सिँचाइ ऐतिहासिक कार्य हुने गरेको आयोजनाको प्रमुख रानाले बताए ।

बबई नदीमा आएको २०७४र७५ को बाढीले करिब एक किलोमिटर नहरमा माटो ल्याएकाले सो लेदोलाई सरसफाइ गर्न सिँचाइका उपभोक्ताले स्वस्फूर्त तरिकाबाट ४९ वटा गाउँका ५७ वटा मौजाका उपभोक्ताले नहरको निःशुल्क सरसफाइ गर्दै आइरहेको आयोजना प्रमुखको भनाइ छ ।

बबई सिँचाइ आयोजनाको हालसम्ममा ३४ किलोमिटर नहर निर्माण गरिसकेको आयोजना प्रमुख रानाले बताए । उनका अनुसार आगामी २०७८र७९ सम्म ४३ किलोमिटर नहर बनाउने आयोजनाको लक्ष्य रहेको छ ।

यस सिँचाइको काम कोरोनाका कारण प्रभावित भएकाले आगामी माघदेखि मात्र पुनः शुरु गरिने बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।
रासस

प्रतिकृया