• ९ असार २०८३, मंगलबार
  • १२:५१ बेलुका

बेंग्लोरलाई हराउँदै हैदरावाद क्वालिफायरमा, फाइनल प्रवेशका लागि दिल्लीसँग खेल्ने

प्रकाशित मिति

२०७७ कार्तिक २२ गते, शनिबार ०२:३५

रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गर्दै सनराइजर्स हैदरावाद आइपिएल २०२० को दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो।

शुक्रबार राति भएको एलिमिनेटरको खेलमा ६ विकेटको जित हात पारेसँगै हैदरावादले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँगको भेट पक्का गरेको हो।

Kamana Sewa

अब दोस्रो क्वालिफायरमा दिल्ली र हैदरावादबीच आइतबार खेल हुनेछ। विजेता टिमले मंगलबार राति उपाधिका लागि मुम्बईसँग खेल्नेछ।

Classic Tech Desktop

शुक्रबार अबुधाबीमा पहिले ब्याटिङ गरेको बेंग्लोरले ७ विकेटको क्षतिमा १३१ रन मात्र जोड्न सक्यो। बेंग्लोरका लागि एबी डी भिलियर्सले ५६ रन र आरोन फिञ्चले ३२ रन जोडे।

बलिङमा हैदरावादका जासन होल्डरले ३ विकेट र टी नटराजनले २ विकेट लिए।

 

१३२ रनको सामान्य लक्ष्य हैदरावादले २ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

ओपनिङ ब्याट्सम्यान श्रीवत्स गोस्वामी शून्यमा आउट भएका थिए भने कप्तान डेभिड वार्नर १७ रन, मनिष पाण्डे २४ रन र प्रियम् ग्रास ७ रनमा आउट भएका थिए।

केन विलियमसने नटआउट ५० रन र होल्डरले २० बलमा नटआउट २४ रन जोडेपछि हैदरावाद विजयी भयो।

प्रतिकृया