• ३० भदौ २०८३, मंगलबार
  • ५ः४६ बेलुका

सगरमाथाको नयाँ उचाइ घोषणा चाँडै

प्रकाशित मिति

२०७७ कार्तिक १५ गते, शनिबार ०७:१२

काठमाडौं, सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

National Life

मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले सगरमाथाको उचाइ मापनको सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भई उचाइ घोषणाको तयारी भइरहेको जानकारी दिए । ‘‘सगरमाथाको उचाइको गणना र ‘प्रोसेसिङ’ को काम सम्पन्न भइसकेको छ’’ उनले भने, ‘‘मित्र राष्ट्र चीनसँग जोडिएको विषय भएकाले परराष्ट्र मन्त्रालयमार्फत कूूटनीतिक माध्यमबाट गरिने कामहरू अहिले भइरहेका छन् ।’’

‘सगरमाथाको उचाइ मापन र घोषणाबारे नेपाल र चीनले जारी गरेको संयुक्त वक्तव्य अनुसार परराष्ट्र मन्त्रालयले समन्वय गरेर एउटा मिति निर्धारण गर्छ र त्यसै अनुसार सगरमाथाको उचाइ घोषणा गरिने छ’’ उनले भने, ‘‘हामी आफ्नो तर्फबाट आफैँ घोषणा गर्छौ उनीहरूको तर्फबाट उनीहरूले घोषणा गर्ने छन् ।’’ घोषणा गरिने मितिबारे परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

गत वर्षको असोजमा चीनका राष्ट्र«पति सी चिनफिङको नेपाल भ्रमणका क्रममा संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने दुई मुलुकबीच सहमति भएको थियो । भ्रमणको क्रममा जारी गरिएको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ, ‘‘सगरमाथालाई दुई देशबीचको मित्रताको अनन्त प्रतीक मान्दै दुवै देशले विभिन्न क्षेत्रमा सहकार्य प्रवद्र्धन गर्नेछन्, जस्तो जलवायु परिवर्तनको विषय र वातावरण प्रवद्र्धनमा सहकार्य गर्ने छन् । दुवै मुलुकले सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्नेछन् र वैज्ञानिक अध्ययन गर्नेछन् ।’’

नापी विभागका महानिर्देशक प्रकाश जोशीले सगरमाथाको उचाइ मापनसम्बन्धी सम्पूर्ण प्राविधिक काम सम्पन्न भई घोषणाको तयारी भइरहेको छ । अबको एक महिनाभित्रमा नै सगरमाथाको उचाइ घोषणा गर्ने गरी तयारी भइरहेको छ ।
गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया