• ३० भदौ २०८३, मंगलबार
  • ६ः२७ बेलुका

तीन दिनको मौसम जानकारी

प्रकाशित मिति

२०७७ कार्तिक १५ गते, शनिबार ०६:३८

काठमाडौं, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ। हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

National Life

शनिबार दिउँसो देशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।

आइतबार दिउँसो प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । राती देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

सोमबार दिउँसो देशका पश्चिमी पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ। राती देशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिकृया