• ७ असोज २०८३, बुधबार
  • १२ः३२ दिउँसो

चाडपर्वमा पनि बजार अनुगमन निरन्तर

प्रकाशित मिति

२०७७ कार्तिक ६ गते, बिहीबार ०४:२७

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँमा पनि बजार अनुगमनलाई निरन्तरता दिने भएको छ ।

National Life

दशैँ बिदाको समयमा अनुचित व्यापारिक क्रियाकलाप भई उपभोक्ता गठिने सम्भावना रहेको औँल्याउँदै विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले अनुगमनलाई निरन्तरता दिइने बताए ।

“नियमित बजार अनुगमनका क्रममा समेत अुनचित क्रियाकलाप वृद्धि हुँदै गएको छ, दशैँ बिदाको समयमा अनुगमन नै नगर्दा उपभोक्ता मारमा पर्न सक्छन्, हामीले अन्य समयको भन्दा कडाइका साथ अनुगमन गछौँ”, उनले भने, “यसअघि हामी देखिने रुपमा अनुगमनमा जाने गरेका थियौँ, बिदाको समयमा धेरै कालोबजारी हुनसक्छ, हामी ग्राहक बनेर अनुगमनमा जान्छौँ ।”

Classic Tech Mobile
Classic Tech Desktop

उहाँका अनुसार नियमित तथा विभागमा आएको गुनासोका आधारमा उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थानमा अनुगमन टोली परिचालित हुनेछ । विभागले कालोबजारी वा अनुचित व्यापारिक क्रियाकलाप भएमा टोल फ्री नम्बर ११३७ मा सम्पर्क गरी गुनासो तथा सूचना दिन आमउपभोक्तालाई अनुरोध गरेको छ ।

बढी मूल्यमा पानी बेच्नेलाई कारवाही

विभागले प्रशोधित पिउने पानी बढी मूल्यमा बिक्री गर्नेलाई कारवाही गर्ने भएको छ । बिनाअनुमति पानीको मूल्य बढाएको र घटाउन आग्रह गर्दा समेत नटेरेकाले पानी उद्योगी, ढुवानीकर्ता तथा खुद्रा व्यापारीलाई कारवाही गर्ने तयारी गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।

विभाग र पानी उद्योग सङ्घका पदाधिकारीबीचको छलफलले तत्काल पुरानै मूल्य कायम गर्ने निर्णय गरेको थियो । विभाग र सङ्घको निर्णयको अवज्ञा गर्दैै व्यापारीले प्रशोधित पिउने पानीको मूल्य वृद्धि गरेका छन् ।-रासस/File Photo

प्रतिकृया