• ११ असोज २०८३, आइतबार
  • १०ः३० राती

विद्युतीय शवदाह गृहमा ‘हाइब्रिड’ यन्त्र सञ्चालनमा ल्याइने

प्रकाशित मिति

२०७७ कार्तिक ३ गते, सोमबार ०८:३१

काठमाडौँ, पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह यन्त्रमा दाउरा राखेर शव जलाउने ‘हाइब्रिड’ यन्त्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । विद्युतीय शवदाह स्थलमा रहेको तीन यन्त्रमध्ये विद्युत् भारका कारण अधिकतम् दुईवटामात्र सञ्चालनमा ल्याउन सकिने भएपछि तेस्रोमा १०० किलोग्राम दाउरा भरी शव राखेर बन्द गर्ने गरी सञ्चालनमा ल्याउन लागेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।

National Life

विद्युत्बाट ८०० वाटमा एउटा यन्त्र चलाउनुपर्छ । दुई यन्त्र चलाउन एक हजार ६०० वाट अपुग हुने भएपछि ५०० वाटमात्र विद्युत् प्रयोग हुने गरी दुई यन्त्र सञ्चालन भइरहेको उहाँले सुनाउनुभयो । ८०० वाट विद्युत् क्षमतामा शव जलाउँदा ४५ मिनेटदेखि एक घण्टामा जलाइन्छ । ५०० वाट क्षमतामा जलाउँदा डेढ घण्टासम्म लाग्छ ।

विद्युतीय यन्त्रमा दाउरा राखेर शव जलाउने ‘हाइब्रिड’ सञ्चालन गर्न रु ८० लाखसम्म लाग्ने भएकाले अर्को पनि थप्ने कोषको योजना छ । ‘हाइब्रिड’ यन्त्रमा दाउरा राखेर पनि एक घण्टामै शवदाह हुनेछ । प्रारम्भिक रुपमा परालको शव बनाएर यो यन्त्रमा परीक्षण गरिएको छ । प्रारम्भिक परीक्षण सफल भएको कोषले जनाएको छ । मङ्गलबार बेवारिसे शव हालेर अन्तिम परीक्षण गर्ने गरी तयारी भएको कोषले जनाएको छ ।
‘हाइब्रिड’ शवदाह गृहमा १०० केजी दाउरा लाग्ने भएकाले रु चार हजार दाउरामै खर्च हुन्छ । यो यन्त्रमा कति शुल्क लिने भन्ने परीक्षणपछि कार्यविधि बनाएर निश्चित गरिने कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो । विद्युतीय शवदाह गृहमा रु चार हजार ५०० शुल्क तोकिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

भष्मेश्वरघाट र आर्यघाटमा सजावट नगरी शवदाह गर्दा न्यूनतम् रु १५ हजारसम्म शुल्क लाग्ने कोषले जनाएको छ । हाल विद्युतीय शवदाहगृह रहेको पारिपट्टि काठमाडौँ महानगरपालिकाले तीन विद्युतीय शवदाह नै बनाउने गरी गत हप्ता कोषसँग सम्झौता गरेको छ । महानगरले आफ्नो लगानीमा गृह निर्माण गरी कोषलाई हस्तान्तरण गर्ने जनाइएको छ ।
रासस

प्रतिकृया