• ९ असोज २०८३, शुक्रबार
  • ४ः२७ बेलुका

रामकृष्ण ढकालको ‘अधर’ सार्वजनिक

प्रकाशित मिति

२०७७ कार्तिक ३ गते, सोमबार ०६:३८

काठमाडौं, गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘अधर’को म्युजिक भिडियो सार्वजनिक भएको छ। बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी दुबसु)का शब्द रहेको गीतमा संगीत शिखर सन्तोषले भरेका हुन्।

National Life

भिडियोमा विष्णु खरेल र मोडल रोश्ना कार्कीको अभिनय रहेको छ। विष्णुले यही भिडियोबाट मोडलिङमा पनि हात हालेका हुन्। उनी बेलायतमा नेपाली समुदायका व्यवसायी तथा समाजसेवीका रुपमा चिनिन्छन्। रोश्ना बेलायतमा स्थापित मोडल हुन्। रोश्नाले बेलायतमै निर्मित आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी छिन्।

एक साता अघि बेलायतस्थित नेपाली दूतावासमा एक समारोहबीच भिडियो सार्वजनिक भएको हो। । भिडियोको निर्देशन, छायांकन र सम्पादन कुशल श्रेष्ठले गरेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया