• ८ असोज २०८३, बिहीबार
  • ६ः११ बेलुका

आईपीएलः आज मुम्बई र कोलकत्ता खेल्दै

प्रकाशित मिति

२०७७ आश्विन ३० गते, शुक्रबार ०१:२१

काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ ।

National Life

आज साविक विजेता मुम्बई इन्डियन्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

शेख जायद क्रिकेट स्टेडियममा मुम्बई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई छैटौं जितको खोजीमा हुनेछ । अघिल्ला ७ खेलमा ५ जितसहित १० अंक जोडेर मुम्बई दोस्रो स्थानमा रहेको छ ।

यता, दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता पाँचौं जितको खोजीमा हुनेछ । कोलकत्ताले ७ खेलमा ८ अंक जोडेको छ र चौंथो स्थानमा रहेको छ ।

प्रतिकृया