• ८ असोज २०८३, बिहीबार
  • ५ः२३ बेलुका

प्रनानि कृष्णबहादुर चन्दलाई ‘पूर्ण शान्ति’ प्रहरी पुरस्कार प्रदान

प्रकाशित मिति

२०७७ आश्विन ३० गते, शुक्रबार ०१:०९

काठमाडौं, यस वर्षको पूर्ण शान्ति प्रहरी पुरस्कार प्रहरी नायव निरीक्षक (सई) कृष्णबहादुर चन्दलाई दिइएको छ । ६५ औं प्रहरी दिवस समारोहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रनानी चन्दलाई पूर्ण शान्ति पुरस्कार प्रदान गरे । पुरस्कृत चन्द विशेष ब्यूरोमा कार्यरत छन् ।

National Life

०५२ मा पूर्व प्रहरी महानिरीक्षक पूर्णबहादुर खवास र शान्ति खवासको नाममा स्थापना गरिएको सो पुरस्कार राशी हरेक वर्ष एकजना प्रहरी कर्मचारीलाई प्रदान गरिन्छ । जोखिमपूर्ण काम गरेबापत दिइने सो पुरस्कारको राशी पदक सहित २१ हजार नगद रहेको छ । ०५२ देखी प्रहरी दिवसको अवसरमा सो पुरस्कार नियमित प्रदान गरिँदै आएको छ । पुरस्कार सुशीले केडीया फाउण्डेशनले स्थापना गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

६५ औं प्रहरी दिवसको अवसरमा पूर्व प्रहरी उपरिक्षक (एसपी) तुलाबहादुर केसीलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । सेवा निवृत प्रहरीलााई दिइने सो अवार्ड प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री ‘बादल’ले अवकाशप्राप्त एसपी केसीलाई प्रदान गरेका हुन् ।त्यस्तै, प्रहरी दिवसको अवसरमा पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले ‘अच्युत मिना अक्षयकोष’ स्थापना गरेका छन् । सो अक्षयकोषबाट हरेक वर्ष छात्रवृत्ति प्रदान गरिने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया