• २९ भदौ २०८३, सोमबार
  • ८ः५६ राती

‘सामाजिक उद्यमशीलता कोष’ स्थापना नागरिकमन्त्री गुरुङ

प्रकाशित मिति

२०७७ आश्विन २६ गते, सोमबार ०५:४२

काठमाण्डौ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गरेका छन् ।

National Life

मन्त्री गुरुङले सोमबार पुल्चोकस्थित समाज कल्याण परिषदको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच परिषदको मातहतमा रहने गरी सो कोष स्थापना गरिएको औंपचारिक जानकारी गराएका हुन् । सामाजिक क्षेत्रको कामलाई अझै प्रभावकारी बनाई सामाजिक उद्यमशीलताको माध्यामबाट मुलुकको समृद्धिमा योगदान पु¥याउने उद्देश्यका साथ ‘समाज कल्याण ऐन २०४९ को दफा ९ (ङ) तथा ऐ. दफा २६ को अधिकार’ प्रयोग गरी कोषको स्थापना गरिएको समाज कल्याण परिषदले जनाएको छ ।

परिषदका अध्यक्ष समेत रहेका मन्त्री गुरुङले सामाजिक क्षेत्रको भूमिकालाई अझै प्रभावकारी बनाउन तथा संघ, संस्थामाथि हुने नकारात्मक सोच हटाउन सामाजिक उद्यमशीलता कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले सामाजिक उद्यमशीलताको अभियानलाई सामाजिक अभियानकै रुपमा गाउँ–गाउँसम्म पु¥याउनुपर्ने आवश्यक्ता पनि औंल्याए । ‘सामाजिक उद्यमको अभियान र सामाजिक अभियानलाई सँगसँगै अघि बढाउपर्ने आवश्यक्ता छ,’ मन्त्री गुरुङले भने ‘समाज रुपान्तरणका लागि पनि सामाजिक उद्यमशीलतालाई अघि बढाउनुको विकल्प छैन ।’ उनले सामाजिक उद्यमशीलताको अभियानलाई विश्व विद्यालयहरुले पनि शैक्षिक कार्यक्रम नै राखेर अघि बढाउनुपर्ने पनि स्पष्ट पारे ।

Classic Tech Mobile
Classic Tech Desktop

परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडाले संघ, संस्थालाई आत्म निर्भर बनाउन पनि सामाजिक उद्यमशीलता कोषको जरुरी रहेको बताएु । परिषदले बोर्ड सदस्य सुशील ज्ञवालीलाई कोषको संयोजक तोकेको छ भने कमलप्रसाद निरौला, डा. रोजी जोशी, अर्जुन भट्टराई, शान्ता न्यौपाने, नरबहादुर रोकाया, डा. सुनिल चित्रकार, प्रकृति मैनाली र जितेन्द्र पासवानलाई सदस्यको जिम्मेवारी दिएको छ । कार्यक्रममा मन्त्री गुरुङले कोषका नवनियुक्त संयोजक ज्ञवाली तथा सदस्यहरुलाई जिम्मेवारी तोकिएको पत्र दिएका थिए।

 

प्रतिकृया