• २५ भदौ २०८३, बिहीबार
  • ९ः४८ राती

एउटै किसानका मरे पाँच हजार कुखुरा

प्रकाशित मिति

२०७७ आश्विन २० गते, मंगलवार ०८:१५

भरतपुर, कुखुरामा एच नाइन (९) भाइरस देखिएपछि यहाँका किसानले पालेका कुखुरा धमाधम मर्न थालेका छन् । भरतपुर महानगरपालिका–६ केशरबागका किसान खेमराज पाठकले पालेको पाँच हजारभन्दा बढी लेयर्स कुखुरा मरेका हुन् । ती मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ ।

National Life

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एच नाइन (९) भाइरस पुष्टि भएपछि मरेका कुखुरालाई गाड्ने काम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा दयाराम चापागार्इंले जानकारी दिनुभयो । “काठमाडौँमा परीक्षण गर्दा एच ९ देखियो, बर्ड फ्लु नदेखिएकाले मरेका कुखुरालाई व्यवस्थापन मात्रै गरेका छौँ, नयाँलाई मारेका छैनौँ”, डा चापागाईंले भन्नुभयो ।
रासस

प्रतिकृया