• ९ असोज २०८३, शुक्रबार
  • ३ः०१ दिउँसो

तुलसीपुरमा खुकुरी प्रहार गरेको अभियोगमा तीनजना पक्राउ

प्रकाशित मिति

२०७७ आश्विन २० गते, मंगलवार ०४:००

दाङ, खुकुरी प्रहार गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–६ भीआईपी टोलका तीन जना पक्राउ परेका छन् । सल्यान बागचौघर घर भइ हाल भीआईपी टोल बस्ने १९ बर्षीय डण्डविर खड्कालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

National Life

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ भीआईपी टोल निवासी १९ बर्षीय शिवप्रसाद चौधरी, सोही ठाउँ निवासी १६ बर्षीय दिपेश चौधरी र सोही ठाउँ निवासी १७ बर्षीय संदिप सुनार रहेको दाङका एसपी गणेश चन्दले जानकारी दिए ।तुलसीपुर–६ मा रहेको विजय फर्निचरमा काम गरि फर्कने क्रममा आइतबार साँझ खड्कालाई एक्कासी अज्ञात व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको एसपी चन्दले बताए ।

घटनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहको कमाण्डमा खटिएको टोलीले तुलसलीपुर उपमहानगरपालिका–६ भीआईपी टोलमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ परेका अभियुक्तहरुको साथबाट प्रहरीले घटनामा प्रयोग भएको १ थान खुकुरीसहित बरामद गरेको छ । जिल्ला अदालत दाङबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

फर्निचरमा काम गर्ने खड्कालाई सोही फर्निचरमा काम गर्ने साइला भन्ने गोविन्द विक, पूर्ण भन्ने लक्षिराम विक, रुकुम मुसिकोट नगरपालिका सोलावाङ घर भई हाल तुलसीपुर–६ मा डेरा लिई बस्ने १९ वर्षीय अनुराग विकसँगै फर्कने क्रममा आक्रमण भएको थियो ।

प्रतिकृया