• ८ असोज २०८३, बिहीबार
  • ८ः४९ राती

राजधानी विवाद जारी,सभापतिले दिए राजीनामा

प्रकाशित मिति

२०७७ आश्विन १९ गते, सोमबार ११:४६

बुटवल, प्रदेश ५ मा राजधानीको विषयमा विवाद बढ्दै गइरहेको बेला प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा संशोधन समितिका सभापतिले राजीनामा दिएका छन् । रुपन्देहीका सांसद् भोजप्रसाद श्रेष्ठले प्रदेश ५ को कानुन मस्यौदा समितिको सभापतिबाट राजीनामा दिएका हुन् । उनी बुटवल राजधानी हुनपर्ने पक्षमा रहेका थिए ।

National Life

उनले रातोपाटीसगँ भने ‘मलाई राजधानीसँग सभापति पद साटेको आरोप लाग्यो, त्यस कारण आजका मितिदेखि सभापतिबाट राजीनामा दिएको घोषणा गरेको छु ।’ सांसद् श्रेष्ठलाई प्रदेश सरकारले केही हप्ता अघि मात्रै समितिको सभापतिमा नियुक्ति गरेको थियो।

नेकपा संसदीय दलको बैठक बोलाइएको बैठकमा पनि उपस्थित भएका छैनन्। संसदीय दलले सोमबार बिहान ७ बजे बैठकका लागि डाकेको थियो। उनी रुपन्देही क्षेत्र २ को १ बाट निवाचित भएका छन् । प्रदेशसभामा दाङमा प्रदेश राजधानी बनाउने प्रस्ताव पेश भएपछि अहिले तरंग उत्पन्न भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया