• ८ असोज २०८३, बिहीबार
  • ९ः२६ राती

अनमोलको ‘ए मेरो हजुर ४’फेरि सर्‍यो

प्रकाशित मिति

२०७७ आश्विन १९ गते, सोमबार ११:२९

काठमाडौं, फिल्म ‘ए मेरो हजुर ४’को छायाँकन फेरि सरेको छ । शुक्रबारबाट छायाँकन सुरु हुने बताइएको फिल्मको छायाँकन शुक्रबारबाट पनि सुरु हुन सकेन । सरकारले फिल्म छायाँकन अनुमति नदिएको कारण फिल्मको छायाँकन सुरु हुन नसकेको हो ।

National Life

सरकारले फिल्म क्षेत्र नखोलेको कारण सबै तयारी हुँदा पनि फिल्म छायाँकनमा जान नसकिएको निर्देशक झरना थापाले बताइन् ।
‘सरकारले अनुमति नदिदा नदिदै छायाँकनमा निस्कियो भने कानुनको अवहेलना होला । बिभिन्न नकारत्मक टिप्पणी खेप्नु पर्ला’ झरनाले भनिन् ‘केही समय कुर्नु नै बेस देखेर छायाँकन मिति तोकिए पनि अहिले रोकेका हौँ ।’ केही दिनमा फिल्म क्षेत्र खुल्नेमा विश्वस्त रहेकी झरनाले खुल्ने बितिक्कै छायाँकन आफ्नो टिम निस्किने सुनाइन् । ‘अहिले म्युजिक भिडियो, सानापर्दा तथा भिडियो फिल्मको छायाँकन धमाधम भइरहेको छ’ झरनाले थपिन् ‘हामी ठुला ब्यानमार फिल्म बनाउनेलाई मात्र अवरोध भएको छ ।’

अनमोल केसी र झरनाकै छोरी सुहाना थापा मुख्य भूमिकामा रहेको फिल्मको निर्माता सुनिल कुमार थापा हुन् । यही दशैमा रिलिज गर्ने उद्देश्य सहित गत वर्षको फागुनमा छायाँकन सुरु भएको फिल्म चैत्रमा गरिएको लकडाउनका कारण रोकिन पुगेको थियो । सरकारले फिल्म क्षेत्र खोले फिल्म छिट्टै पुरा गरेर बैशाखमा रिलिज गर्ने योजना अहिले झरनाको रहेको छ । फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेतको समेत मुख्य भूमिका रहनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया