अब लकडाउन गर्ने योजना छैन: स्वास्थ्य मन्त्रालय
प्रकाशित मिति
२०७७ आश्विन १६ गते, शुक्रबार ०९:०८
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अघि २५ हजार सक्रिय सङ्क्रमित भएपछि फेरि पनि बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको थियो । यही असोज ७ गते सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय सङ्क्रमित भएपछि सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै सरकारलाई बन्दाबन्दी गर्नुपर्ने सिफारिस गर्ने निर्णय गरेको थियो ।
तर अहिले स्वास्थ्य मन्त्रालयले २५ हजार सङ्क्रमित भए पनि बन्दाबन्दी गर्नुनपर्ने र सक्रिय सङ्क्रमितलाई व्यवस्थापन गर्न सकिने बताएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बन्दाबन्दी गर्ने योजना नभएको स्पष्ट पारेका छन् । सरकारको सक्रिय सङ्क्रमित २५ हजार पुगेपछि नीजि स्वास्थ्य संघ–संस्था र होटेलमा सक्रिय सङ्क्रमितलाई राख्ने योजना रहेको जनाइएको छ । रासस

Related
Recent News
- प्रतिनिधि विवादले रास्वपा महाधिवेशन लम्बियो, असार १० गतेसम्म चल्ने
- सुर्खेतबाट पक्राउ परे एमाले उपाध्यक्ष विष्णु पौडेल, अनुसन्धानका लागि काठमाडौं ल्याइँदै
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्बभन्दा बढी बिगो दाबी
- नेप्से १.४६ अंकले घट्यो, ४ अर्ब ४२ करोडको कारोबार
- हिरासतभित्र गृहमन्त्री टोलीले धम्की र दबाब दिएको आरोप, मानव अधिकार आयोगमा उजुरी दर्ता
- रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा
- रास्वपा महाधिवेशनको भोजन तथ्याङ्क: दैनिक ९ क्विन्टलसम्म मटन खपत
- नबिल बैंकको ‘ए’ रेटिङ पुनः पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
Crime
Politics
- प्रतिनिधि विवादले रास्वपा महाधिवेशन लम्बियो, असार १० गतेसम्म चल्ने
- रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण
- प्रतिनिधिको नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु भएन




प्रतिकृया