• ९ असार २०८३, मंगलबार
  • ११:४२ बेलुका

नक्कली इन्सपेक्टर पोशाकसहित पक्राऊ

प्रकाशित मिति

२०७७ आश्विन १५ गते, बिहीबार १२:४२

काठमाण्डौ, जिल्ला प्रहरी कार्यालय, पर्साले आज बिहान पत्रकार सम्मेलन गरी नक्कली प्रहरी निरीक्षकलाई पोशाकमै पक्राउ गरेको जनाएको छ । बुधवार मध्याह्न १२ बजे वीरगंज महानगर–१६ स्थित देव पार्टी प्यालेसबाट वडा प्रहरी कार्यालय, बिर्ताले नक्कली प्रनि बारा, जितपुरसिमरा उ.म.न.पा.–७ चौधरी टोल बस्ने वर्ष २९ को अजयकुमार रायलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले सो ठाउँबाट जितपुरसिमरा उ.म.न.पा.–५ बस्ने वर्ष ५७ को हिरालाल महतो, वर्ष २८ को बसन्त चौधरी, वीरगंज–१६ बस्ने वर्ष २१ को रवि कुमार चौरसिया, पकाहामैनपुर गा.पा.–५ सबैठवा बस्ने वर्ष ४७ को शिव नारायण चौरसिया, वीरगंज–२७ रानीघाट बस्ने वर्ष २५ को रामजी चौरसिया पनि पक्राउ गरेको छ । बुधवार देव पार्टी प्यालेसमा लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा सञ्चालन भइरहेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले सो ठाउँमा छापामारी गरेको थियो ।

Kamana Sewa

प्रहरी सो ठाउँमा पुग्दा त्यहाँ बारा, पर्सा र सर्लाहीका २१ जना परीक्षार्थीले परीक्षा दिइरहेका थिए । ती परीक्षार्थीसँग नक्कली प्रनि रायले ३ लाख ६१ हजार रकम असूल गरेर परीक्ष्Fामा सहभागी गराएका थिए । परीक्षा हलबाट राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र थान–२१, सोको प्रश्न पत्र २६ थान, खरिदारको प्रवेश पत्र १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

रायले परीक्षार्थीहरूसँग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदार समेतमा जागिर लगाई दिन्छु भनी विगत ९ महिना देखि प्रहरी चौकी परवानीपुर, ई.प्र.का.नगवा पर्सामा गई म प्रहरी निरीक्षक भन्दै रकम असुल्ने गरेका थिए । यसअघि राय २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा पक्राउ परेका थिए । उनले वीरगंज कारागारबाट ११० दिनको कैद सजाय भुक्तान गरेका थिए ।

प्रतिकृया