• ९ असार २०८३, मंगलबार
  • ११:३९ बेलुका

संस्थापन पक्षले पौडेल समूहको विरोधपत्र अध्ययन गर्दै,

प्रकाशित मिति

२०७७ आश्विन १५ गते, बिहीबार १२:५१

काठमाडौं, प्रमुख प्रतिपक्षी कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी र केही नेताहरुसमेतको बैठकले सरकालाई विशेष अधिवेशन आह्वान गर्न दबाव दिने निर्णय गरेको हो। कोरोना महामारी नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको देशमा भ्रष्टाचार व्यापक बन्दै गएको भन्दै कांग्रेसले यी विषयमा संसदमा छलफल गर्न विशेष अधिवेशन बोलाउन आवश्यक रहेको बताएको छ।

Kamana Sewa

पार्टीको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाका विषयमासमेत छलफल भएको पदाधिकारी बैठकमा बढ्दो भ्रष्टाचार तथा बेथिति बढेको अवस्थामा पनि सरकार मौन रहेको, नागरिकको बेरोजगारीको समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको जस्ता कुराहरू उठेको थियो।

Classic Tech Desktop

कांग्रेसले सरकारविरुद्धमा सडक र संसदबाट एकसाथ संघर्ष गर्ने कार्यक्रम तय गर्ने विषयमा पनि छलफल भएको सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए। कांग्रेसले सामाजिक दुरी कायम गरेर सडक आन्दोलन पनि अघि बढाउने विषयमा पनि बैठकमा छलफल भएको सहमहामन्त्री महतले जानकारी दिए।

बैठकमा रामचन्द्र पौडेल समूहले दर्ता गराएको विरोधपत्रका विषयमा पनि छलफल भएको थियो। विरोधपत्रको अध्ययन हुदै गरेको र उक्त विषयमा केन्द्रीय कार्यसमिति बैठकमा जवाफ दिने बताइएको छ।

सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित पार्न विधानविपरीतका निर्णय गरेको भन्दै तिनलाई सच्याउन माग राखेर पौडेल समूहका नेताहरू जीवन परियार, धनराज गुरुङ, चन्द्र भण्डारी, नवीन्द्रराज जोशी र दिपक गिरीको नेतृत्वले विरोधपत्र १२ असोजमा दर्ता गराएका थिए।

प्रतिकृया