• ९ असार २०८३, मंगलबार
  • ३:४९ बिहान

एकीकृत पदमार्गको सम्भाव्यता अध्ययन

प्रकाशित मिति

२०७७ आश्विन १५ गते, बिहीबार ०८:४३

काठमाडौँ, नेपाल एकीकरणको समयमा प्रयोग गरिएका एकीकरण पदमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । मुलुक एकीकरणको समयमा प्रयोग भएका सडक र किल्लाको संरक्षण तथा प्रवद्र्धनका लागि अगाडि सारिएको एकीकरण मार्ग संरक्षण कार्यक्रमअन्तर्गत एकीकरण मार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । सेनाले विज्ञहरूको टोली नै गठन गरेर अध्ययन गरेको थियो ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले नेपाल एकीकरणको समयमा प्रयोग भएका सडक, गढी र किल्लाको संरक्षण कार्यक्रमअन्तर्गत गोरखा–धादिङ–नुवाकोट–काठमाडौँ–काभे्र एकीकरण पदमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिए । अध्ययनअनुसार यस एकीकरण मार्गको कुल लम्बाइ १९६।५ किलोमिटर रहेको छ । त्यसैगरी गोरखा–नुवाकोट–धादिङ–काठमाडौँ एकीकरण मार्गको समेत सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । यस एकीकरण मार्गको कुल लम्बाइ १२८।५ किलोमिटर रहेको छ ।

Kamana Sewa

सेनाले इतिहासविद् प्राध्यापक दिनेशराज पन्तको नेतृत्वमा विज्ञहरूको टोली गठन गरी सो अध्ययन गरेको थियो । अध्ययन गरिएका यस एकीकरण मार्गहरूको विस्तार तथा स्तरोन्नतिका लागि बजेट माग गरिएको सैनिक प्रवक्ता पौडेलले जानकारी दिए । प्रत्येक नेपालीलाई आफ्नो इतिहासप्रति गर्व गराउन तथा भावी पुस्ताका लागि पनि पुर्खाले निर्माण गरेको इतिहास प्रेरणाको स्रोत बन्न सकोस् भन्ने उद्देश्यसहित एकीकरण पदमार्ग, गढी र किल्लाको संरक्षण कार्य अगाडि बढाइएको सेनाले जनाएको छ ।

Classic Tech Desktop

सेनाद्वारा स्थापना गरिएको विस्तारित एकीकरण पदमार्ग उदयपुरको चौदण्डीगढीबाट सुरु भएर उदयपुरगढी, सिन्धुलीगढी, मकवानपुरगढी, चिसापानीगढी, काठमाडौँ उपत्यका, नुवाकोट दरबार, गोरखा दरबार, वारपाककोट दरबार, लमजुङको लिगलिगकोट, तनहुँको लमजुङ दरबार र कास्कीकोट दरबारसम्म जोडिएको छ । त्यसैगरी रुपन्देहीको जितगढी, पाल्पा दरबार, गुल्मीको चरपाला दरबार, अर्घाकोट, सल्यानको फालवाङ दरबार, सुर्खेतको बयालकाडाकोट, दैलेखको दुल्लु दरबार, अछामको मङ्गलसेन दरबार, जयगढ, बझाङको थालाकोट, डोटीको सिलगढी, डडलेधुराको अमरगढी हँुदै बैतडीको अजयमेरुकोटसम्म एकीकरण पदमार्ग जोडिएको छ ।
गोरखापत्र दैनिकबाट साभार

 

प्रतिकृया