धुलिखेल–काठमाडौँ विद्युतीय बस सञ्चालनमा
प्रकाशित मिति
२०७७ आश्विन १५ गते, बिहीबार ०८:२२
बनेपा, काठमाडौँदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म आजबाट विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ । धुलिखेल नगरपालिकासँगको सहकार्यमा सुन्दर यातायात प्रालिले सञ्चालन गर्दै आएको नेपालकै पहिलो विद्युतीय बसले आजबाट धुलिखेल–काठमाडौँ सेवा दिन थालेको हो ।
नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा आएको सो बस पहिलो चरणमा चारवटा मात्रै गुडेको नगरप्रमुख अशोक ब्याञ्जुले बताउनुभयो । उहाँले भन्नुभयो, “अबको केही दिनमा ३२ वटा बस सञ्चालनमा आउने छन् ।” प्रदेश सरकारको आर्थिक सहयोगमा धुलिखेलमा तीन रोपनी जग्गामा चार्ज स्टेशन बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

बस सञ्चालनमा आएपनि भाडा दरको भने अझै टुङ्गो लागेको छैन । यस विषयमा छिट्टै निर्णय गर्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले अन्य बस सेवाको भन्दा भाडादर सस्तो हुने बताउनुभयो ।
रासस

Recent News
- प्रतिनिधि विवादले रास्वपा महाधिवेशन लम्बियो, असार १० गतेसम्म चल्ने
- सुर्खेतबाट पक्राउ परे एमाले उपाध्यक्ष विष्णु पौडेल, अनुसन्धानका लागि काठमाडौं ल्याइँदै
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्बभन्दा बढी बिगो दाबी
- नेप्से १.४६ अंकले घट्यो, ४ अर्ब ४२ करोडको कारोबार
- हिरासतभित्र गृहमन्त्री टोलीले धम्की र दबाब दिएको आरोप, मानव अधिकार आयोगमा उजुरी दर्ता
- रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा
- रास्वपा महाधिवेशनको भोजन तथ्याङ्क: दैनिक ९ क्विन्टलसम्म मटन खपत
- नबिल बैंकको ‘ए’ रेटिङ पुनः पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
Crime
Politics
- प्रतिनिधि विवादले रास्वपा महाधिवेशन लम्बियो, असार १० गतेसम्म चल्ने
- रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण
- प्रतिनिधिको नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु भएन




प्रतिकृया