• ६ असार २०८३, शनिबार
  • ८:०० बेलुका

‘बालमैत्री नेपाल’ निर्माणको अभियानमा सरकार

प्रकाशित मिति

२०७७ आश्विन १२ गते, सोमबार ०७:२२

काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकार ‘बालमैत्री नेपाल’ निर्माण अभियानमा जुटेको बताउनु भएको छ । बालबालिका शान्ति क्षेत्र नामक अभियानले आज यहाँ आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री गुरुङले बालमैत्री नेपाल निर्माणका लागि सरकारले १० वर्षे रणनीतिक योजना ल्याउने तयारी गरेको बताउनुभयो ।

उहाँले योजनाका लागि आवश्यक सुझाव दिन सम्बन्धित सबै पक्षलाई आह्वान गर्दै सबै स्थानीय तहलाई बालमैत्री बनाउन गृह, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य, शिक्षालगायतका अन्तर मन्त्रालयसँग सहकार्यमा जोड दिइएको पनि स्पष्ट पार्नु भयो । मन्त्री गुरुङले भन्नुभयो, “अनाथ बालबालिकाहरुको राज्य अभिभावक बन्नुपर्छ भन्ने मान्यताका साथ सरकारले काम गरिरहेको छ, त्यसका लागि अन्तर मन्त्रालयबीचको सहकार्यमा जोड दिइएको छ ।”

Kamana Sewa

उहाँले अनाथ बालबालिकाको संरक्षण तथा उचित व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन बालबालिकाको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुमाथि सरकारले कडा निगरानी राखिरहेको पनि बताउनुभयो । बालबालिकाको नाममा केही संस्थाले गलत क्रियाकलाप गरिरहेको पाइएपछि त्यस्ता गतिविधि हुन नदिने गरी ती संस्थाको अनुगमनको काममा सरकार केन्द्रित हुनु परेको मन्त्री गुरुङको भनाई छ । मन्त्री गुरुङले बालबालिकाहरुको हितमा केन्द्रित भएर काम गर्ने संघ, संस्थासँग सरकार अझ बढि सहकार्यका साथ काम गर्न प्रतिवद्ध रहेको पनि बताउनुभयो । बाल अधिकारकर्मी गौरी प्रधानले बालबालिका लगायतका सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको कार्यक्रमको रुपमा अघि बढाउने कार्यलाई व्यवहारिक रुपमै कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्नुभयो ।
रासस

Classic Tech Desktop

प्रतिकृया