• १० असोज २०८३, शनिबार
  • ८ः२५ बिहान

बलात्कार र हत्या घटना नियन्त्रणका लागि पहलकदमीको आग्रह

प्रकाशित मिति

२०७७ आश्विन १२ गते, सोमबार ०७:११

काठमाडौ, नेपाली कांग्रेसले मुलुकका विभिन्न भागमा बलात्कारका घटना व्यापक वृद्धि भएको तथ्यलाई गम्भीरतापूर्वक लिएर सचेतना, सुरक्षा, गहिरो अनुसन्धान र दोषीलाई कार्वाही प्रक्रियामा तदारुकता प्रस्तुत गर्न सरकारसँग आग्रह गरेको छ ।

National Life

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत बझाङको घटनामा डेढ महिनाअघि मात्रै बलात्कारको अर्को घटनामा ‘मिलापत्र’ मार्फत ‘उन्मुक्ति’ पाएका युवकको संलग्नता रहेको कुरामा सबै जिम्मेवार रहेकोे पुष्टि रहेको विचार व्यक्त गर्दै यस्ता घटनामा समाजको उच्च सतर्कता, गम्भीर बहस, राज्यको प्रभावकारी उपस्थिति र राजनीतिक दल एवं संघसंस्थाको ऐक्यबद्ध सचेतनाको अभियान टड्कारो ढंगले आवश्यक देखिएकामा जोड दिनुभएको छ ।
यस्तो विषयको गम्भीरताप्रति सम्पूर्ण रुपले गम्भीर बन्न कांग्रेसले सरकार, दल र समुदायलाई विशेष आग्रह गरेको छ ।
रासस

प्रतिकृया