• ११ असोज २०८३, आइतबार
  • ८ः१७ राती

सरकारी निर्णय उल्लंघन गर्ने कारबाहीमा

प्रकाशित मिति

२०७७ आश्विन ७ गते, बुधबार १२:५२

कास्की, सरकारी निर्णय उल्लंघन गरी पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित अलब्राईट होष्टलमा विद्यार्थीहरू राखेर पठनपाठन समेत गरी संचालन गर्ने होष्टल संचालिका पोखरा महानगरपालिका-८ न्युरोड घर भएकी ३२ वर्षीया सनसरी श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

National Life

कोरोना भाईरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारद्वारा निषेधित होष्टल, स्कुल, व्यामशाला, धार्मिक स्थलहरु, बढी भिडभाड हुने स्थानहरु संचालन नगर्ने नगराउने निर्णय विरुद्धमा कार्य गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिकृया