• ८ असोज २०८३, बिहीबार
  • ३ः४४ दिउँसो

मन्त्री भट्टराईद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण

प्रकाशित मिति

२०७७ भाद्र २६ गते, शुक्रबार ०९:२१

बुटवल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी डिसेम्बरसम्ममा निर्माण सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको बताउनुभएको छ । मन्त्री भट्टराई र प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीसहितको टोलीले आज विमानस्थलको स्थलगत निरीक्षण गर्दै कोरोनाको बढदो सङ्क्रमणमा पनि व निर्माण नरोकिएको जनाउँदै डिसेम्बरसम्म काम सक्ने गरी अहिले धमाधम काम भएको बताउनुभयो । उहाँले विमानस्थलका केही उपकरण र उपकरण जडानगर्ने दक्ष जनशक्ति विदेशबाट ल्याउनुपर्ने तर कोरोनाका कारण समयमा ल्याउन नसकिएकाले काममा केही ढिलाइ भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “जतिसक्दो छिटो दक्ष जनशक्ति आउँछन्, उति छिटो विमानस्थल निर्माण कार्य सकिन्छ ।”

National Life

सरकारले राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत निर्माण गरिरहेका २१ आयोजनामध्ये गौतमबुद्ध विमानस्थल सबैभन्दा छिटो सम्पन्न हुने जनाउँदै भट्टराईले सबै पक्षका समन्वयमा कोरोनाको महामारीमा पनि काम नरोकिएकाले आयोजना सन्तोषजनकरुपमा अघि बढेको बताउनुभयो । विमानस्थल निर्माण सकिएपछि तत्कालै सञ्चालनमा आउने पनि उहाँले जनाउनुभयो ।

नागरिक उड्डयन प्राधीकरणका महानिर्देशक राजन पोखरेलले उपकरण जडानका लागि दक्ष जनशक्ति तत्काल आए डिसेम्बरमै निर्माण सकिने जनाउँदै त्यसपछि अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि प्रमाणीकरण गर्ने गरी काम अघि बढेको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले लकडाउनमा पनि आयोजनाका थुप्रै काम भएको जानकारी दिनुभयो । उहाँले दक्ष कामदार कोरोनाले गर्दा आउन नसक्दा काममा ढिलाइ भएको बताउनुभयो । एयर कन्डिसनसँग सम्बन्धित चिनियाँ कामदार लकडाउनले चीनतर्फ रोकिएको जानकारी दिँदै उहाँले उपकरण जडानका लागि अमेरिका, अष्ट्रिया, थाइल्याण्डलगायत मुलुकबाट पनि जनशक्ति ल्याउनुपर्ने भएकाले कोरोनाका कारण केही ढिलाइ भएको जनाउनुभयो ।

विमानस्थलमा अहिले टायल बिछ्याउने, कन्ट्रोल टावर, टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडान, विद्युतीकरण, भवन फिनिसिङको काम भइरहेको जनाउँदै अधिकारीले जनशक्ति नआउँदासम्म उपकरण जडानको काम हुन नसक्ने बताउनुभयो ।

विमानस्थलमा अहिले धावनमार्गमा मार्किङको काम सकिएको छ भने लाइटिङको फाउन्डेसन तयार गरी लाइट जडानको तयारी भइरहेको छ । फायर भवनको फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ । जहाज र ट्याक्सी पार्किङस्थलको सिभिलतर्फको काम सकिएर विद्युतीकरणको काम सुरु भएको छ । धावन मार्गका वरिपरि पेरिमिटर सडक निर्माणको काम शुरु भइसकेको छ ।

टर्मिनल भवनमा प्रयोग गरिने ब्यागेज ह्याण्डलिङ सिस्टम, सञ्चार उपकरण र कन्भेयर बेल्ट, धावन मार्गका लागि आवश्यक लाइटलगायत उपकरण चीनबाट ल्याउनुपर्ने भएकाले अझै विमानस्थलमा आइपुगेका छैनन् । विमानस्थलको अहिलेसम्म ९२।५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । विमानस्थल निर्माणको कामको म्याद चौथो पटक थपिएको समयमा पनि नसकिएपछि पाँचौँ पटक थप गरी २०२० डिसेम्बरसम्म पु¥याइएको छ । आयोजना चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले निर्माण गरिरहेको छ । ९तस्वीर उपलब्ध छ०
रासस

प्रतिकृया