• १० असोज २०८३, शनिबार
  • २ः१६ राती

घरैमा एकै परिवारका ३ जना मृत फेला, प्रत्यक्षदर्शी भन्छन्,प्रहरीको सुरक्षा लापरवाही

प्रकाशित मिति

२०७७ भाद्र २६ गते, शुक्रबार ०८:२७

भक्तपुर,भदौ २६ गते । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका ९ निकोसेरामा एकै परिवारका ३ जना शंकास्पद अबस्थामा मृत फेला परेका छन् ।
३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव घरमै फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।
प्रहरीले एकै परिवारका तीनजनाको शंकास्पद मृत्यु भएको बताएको छ । घटनाको विषयमा विस्तृत जानकारी आइसकेको छैन ।
हामीले अनुसन्धान थालेका छौं ,घटनाको यथार्थ पत्ता लगाएर सार्वजनिक गर्नेछौं,’ भक्तपुर प्रहरी पसिरसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले भन्नुभयो ।
मृतकका भाइ सुनिल अधिकारी घरमा पुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव फेला परेको प्रहरीले बताएको छ ।
प्रत्यक्ष दर्शीका अनुसार हत्या केही दिन पहिले भएको जस्तो देखिन्छ । घटना कहिले भएको र कसले गरेको भन्ने अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
तर प्रत्यक्ष दर्शीले भने महानगरीय प्रहरी वृत्त थिमिको एक किलोमिटर भन्दा पनि नजिकको दुरीमा यत्रो ठुलो घटना हुँदा पनि प्रहरीले यत्तिका दिनसम्म सुईको नपाउनु प्रहरीको सुरक्षा लापरवाही भएको गुनासो गरेका छन् ।
शहरमै शव गन्हाइरहेको अवस्थामा पुगीसक्दा पनि प्रहरीले सुईको नपाउनुबाट प्रहरीको कार्यकुशलता उदाङ्ग भएको मृतकका आफन्तको भनाई छ ।घटनाबारे जानकारी पाए लगत्तै भक्तपुर प्रहरी पसिरसरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक दीपक थापा घटनास्थलमा पुग्नुभएको छ ।

National Life

प्रतिकृया