• २८ भदौ २०८३, आइतबार
  • ४ः४८ बेलुका

कृषिउपजमा प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः मुख्यमन्त्री पौडेल

प्रकाशित मिति

२०७७ भाद्र २० गते, शनिबार ०८:०४

वाग्मती, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कृषिउपजमा प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको छ । कृषि उद्यमको अनुगमनका क्रममा आज हेटौँडाका विभिन्न क्षेत्र पुग्नुभएका उहाँले सरकारले उद्यमशीलता वृद्धि गरी उत्पादन बढाउन तथा रोजगारी सिर्जना गर्न प्रभावकारी कार्यक्रम तयार पारेको बताउनुभयो ।

National Life

उहाँले उद्योग, व्यापार व्यवसाय, पर्यटन उद्योग, शैक्षिक कार्यक्रम, लघु तथा साना उद्योग, वन तथा वातावरणजन्य उद्योग, फोहरमैला व्यवस्थापन, सामाजिक क्षेत्रसँग सम्बन्धित उद्योगलगायत उत्पादन र रोजगारी सिर्जना हुने कार्यक्रमका लागि सहुलियत पूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन रु तीन अर्बको कोषको निर्माण गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गरेको जानकारी दिनुभयो ।

पौडेलले यो कोषमार्फत उद्यमशीता प्रवद्र्धन गर्न चाहने तथा उत्पादनमा काम गर्न चाहनेले सहुलियतपूर्ण ब्याजदरमा ऋण प्राप्त गर्ने बताउनुभयो । अनुगमनका क्रममा मुख्यमन्त्री पौडेल हेटौँडा उपमहानगरपालिका– ७ मा रहेको वनदेवी कृषि उद्यमी समूह, सूर्योदय बहुउद्देश्य कृषक समूहलगायत कृषि फार्म पुग्नुभएको थियो । कृषि ज्ञान केन्द्र चितवनको अनुदान सहयोगमा सञ्चालित दुई कृषि फार्ममा मात्रै ४० जना कृषक आबद्ध रहेको हेटौँडा– ७ का वडाध्यक्ष राजन थापाले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

कृषिउपजमा प्रदेशलाई आफ्नै कार्यकालमा आत्मनिर्भर बनाउन लागि पर्नुभएका मुख्यमन्त्री पौडेलले प्रदेशका विभिन्न जिल्लामा सरकारमार्फत अनुदान प्राप्त गरी सञ्चालन भएका कृषि उद्यमको नियमितरुपमा अनुगमन गर्दै आउनुभएको छ । प्रायः कार्यालय बिदाको दिन कृषि केन्द्र पुग्नुहुने मुख्यमन्त्री पौडेल मकवानपुरका अधिकांश कृषि केन्द्र पुगिसक्नुभएको छ ।
रासस

प्रतिकृया