• २८ भदौ २०८३, आइतबार
  • ५ः३४ बेलुका

सुडानमा बाढी तथा डुवानपछि तीन महिनाका लागि सङ्कटकाल घोषणा

प्रकाशित मिति

२०७७ भाद्र २० गते, शनिबार ०८:२२

खार्तूम, सुडानमा वर्षा र बाढीका कारण ९९ व्यक्तिको मृत्यु भएपछि शनिबार तीन महिनाको लागि सङ्कटकालको घोषणा गरेको छ ।

National Life

सुडानी गृहमन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी एक विज्ञप्तिमा भनेको छ, “सुडानमा प्राकृतिक प्रकोपका कारण ९९ नागरिकको मृत्यु भएको र अन्य कैयौँ वेपत्ता बनेको अवस्थामा तीन महिनाको लागि देशव्यापी सङ्कटकाल घोषणा गरिएको छ ।”

एक महिनाभन्दा बढी निरन्तर रूपमा भारी वर्षाका कारण आएको बाढीले दर्जनौँ व्यक्तिको मृत्यु भएको र बाढी, डुवान तथा पहिरोका कारण सयौँ घाइते भएका मन्त्रालयले जानकारी गराएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बाढीका कारण एक लाखभन्दा बढी घर तथा टहरामा क्षति पुगेको उक्त बाढी एक दशक यताकै सबैभन्दा विनाशकारी प्राकृतिक प्रकोप भएको सरकारी समाचार संस्था, सुनाले गृहमन्त्रालयका उच्च पदस्थ अधिकारीलाई उद्धृत गरी लेखेको छ । देशको पश्चिमी क्षेत्रमा रहेको डाफर र दक्षिणी सेनार राज्य सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्येका हुन् ।
सामान्यतया जूनदेखि अक्टुबरसम्म सुडानमा भारी वर्षा हुन्छ जसका कारण देशभरि ठूलो बाढी आउने गर्छ ।

ब्लु नाइल क्षेत्रमा एक शताब्दी यताकै उच्च वर्षा भएको र यसका कारण नदी किनारमा रहेका हजारौँ मानिस विस्थापित बनेका सिंचाइ तथा खानेपानी मन्त्रालयले उल्लेख गरेको छ ।
सुडानमा मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र संघको बिहीबार सार्वजनिक अन्तिम रिपोर्ट अनुसार यो बर्ष सुडानमा बाढीका कारण तीन लाख ८० हजारभन्दा बढी मानिस ‘प्रभावित’ भइसकेका उल्लेख गरिएको छ ।
रासस

प्रतिकृया