• ११ असार २०८३, बिहीबार
  • ४:१५ बिहान

निषेधाज्ञालाई थप कडाइ गर्दै : उपत्यका नगरपालिका फोरम

प्रकाशित मिति

२०७७ भाद्र १८ गते, बिहीबार ०२:१९

 

काठमाण्डौ, विश्वमा कोरोना भाईरसको त्रास दिन दिनै बढिरहेको छ। कोरोना भाईरसको संक्रमणबाट धेरैको ज्यान गैईसकेको छ । उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यु आदेश जारी गरी निषेधाज्ञालाई थप कडाइ गर्नुपर्ने भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

Kamana Sewa

साथै मेयर फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यु आदेश जारी गर्न सुझाब दिएको बताए ।सञ्चारकर्मीसँगको कुराकानीमा फोरमका सचिव श्रेष्ठले केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कर्फ्यु आदेश जारी गरे मात्रै कोभिड– १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताए ।

Classic Tech Desktop

उनले अहिले १५ दिनसम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझै पनि मानिस बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्ण रूपमा नियन्त्रणमा लिन कर्फ्यु नै उत्तम विकल्प भएको बताए ।

काठमाण्डौ उपत्यकालाई भयभह स्थितिबाट जोगाउन उपत्यका नगरपालिका फोरमले यहि भात्र १८ गतेबाट लागु हुने गरि थपिएको निषेधाज्ञामा दिउँसो २ बजे देखि बेलुकी ५ बजे सम्म विकास निर्माणका पसल व्यवसाय सञ्चालन गर्न सकिने फोरमले गम्भिर ध्यानकर्षण गरेको छ । यसले गर्दा निषेधाज्ञाको खासै अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राखि अत्यवश्किय समयमा रोग लगाउने गरि अबिलम्वा निषेधाज्ञा आदेश सुधार गर्न सम्बधित निकायको ध्यान ध्यानकर्षण गरहेको छ ।

बस्तु तथा सेवालाई बिहान ११ बजे सम्म खोल्न सकिने समयलाई कायम राख्दै अन्य समयमा पसल व्यवसाय संञ्चालन रोक लगाउने गरि अभिलम्व निषेधाज्ञा आदेश सधार गर्न फोरमको विज्ञप्तिमा जारी गरेको छ ।
साथै वर्तमान विषम स्थीतीलाई ध्यानमा राखि उपत्यकाका स्थानिय तहबाट प्रवाह गरिदै आएको अत्यावस्कीय बाहेकका सेवा प्रवाह २४ गतेसम्म बन्द रहने भनिएको छ ।

 

प्रतिकृया