• ९ असोज २०८३, शुक्रबार
  • ९ः२७ बिहान

गृहमन्त्री बाढी पीडितलाई राहत सामग्री बोकेर बागलुङतर्फ प्रस्थान

प्रकाशित मिति

२०७७ भाद्र १८ गते, बिहीबार ११:४९

काठमाडौँ, राहत सामग्री बोकेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेपाली सेनाको हेलिकोप्टरमार्फत बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङतर्फ प्रस्थान गरेका छन् ।पीडित परिवारका लागि राहत लिएर गृहमन्त्रीको टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल रहेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए ।

National Life

गएराति बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ बाढी आउँदा ११ जनाको शव फेला परेको छ भने २४ जना वेपत्ता छन् । जसमा ८ पुरुष र ३ महिला रहेका छन् । बाढीमा ३ दर्जनभन्दा बढी घर पुरिएको छ ।अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ । वेपत्ताहरुको खोजीकार्य जारी छ ।

प्रतिकृया