• ९ असोज २०८३, शुक्रबार
  • १०ः४३ राती

एक किशोरी बलात्कृत, ३ पक्राउ

प्रकाशित मिति

२०७७ भाद्र १८ गते, बिहीबार ०१:०१

जनकपुर, धनुषाको एक किशोरी बलात्कृत भएकी छन् । गणेशमान चारनाथ नगरपालिकाकी १५ वर्षीया किशोरी बाख्रा चराउन गएका बलात्कृत भएको प्रहरीले जनाएको छ ।

National Life

भदौँ १५ गते सोमबार बिहान ९ बजे घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको फूलबारीमा बाख्रा चराउन गएकी उनलाई घर फर्किने क्रममा मास्क लगाएर आएका एक युवकले झाडीमा लगेर बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक तीर्थ बहादुर कार्कीले जानकारी दिए ।प्रहरी निरीक्षक कार्कीकाअनुसार उनी घर जाने क्रममा बाटोमा अन्य दुईजना युवकले जिस्क्याएका थिए । त्यसको केही समय पछि नै मास्क लगाएर आएका युवकले जबरजस्ती करणी गरेको कार्कीले बताए ।

पीडित पक्षले घटनाबारे ईलाका प्रहरी कार्यालय ढल्केवरलाई जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ३ जना युवकलाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया