• १० असार २०८३, बुधबार
  • ३:५१ बिहान

सांसद बस्नेतको मोटरसाईकल प्रहरीलाई

प्रकाशित मिति

२०७७ भाद्र १८ गते, बिहीबार ०६:२८

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफुले प्रयोग गर्ने निजी सवारी साधन (मोटरसाईकल) नेपाल प्रहरीलाई हस्तान्तरण गर्नुभएको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणको लागि जनताको सेवामा समर्पित हुनेपर्ने भएकाले उहाँ गुण्डु अस्थायी प्रहरी चौकीलाई हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण गर्दै सांसद बस्नेतले कोभिड १९ को संक्रमण रोकथाममा गुण्डुस्थित चौकीका प्रहरीहरुको भूमिकालाई अझ प्रभावकारी बनाउन आफ्नो निजी मोटरसाइकल हस्तान्तरण गरेको बताउनुभयो । उहाँले कोरोना महामारीको संक्रमण समुदायस्तरमा थप फैलिन नदिन संघ, प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य कर्मी, प्रहरीको सक्रियता र भूमिका महत्वपूर्ण रहनुपर्ने बताउनुभयो ।

Kamana Sewa

 

Classic Tech Desktop

प्रतिकृया