युवाको विभत्स हत्या
प्रकाशित मिति
२०७७ भाद्र १७ गते, बुधबार ०६:२२
झापा, झापाको शिवसतासी नगरपालिकास्थित रतुवामाई बृक्षारोपण आयोजनाको जङ्गलभित्र बिभत्स हत्या गरिएको एक युवाको शव फेला परेको छ । आज बिहान फेला परेका शव वडा नम्बर ११ निवासी २८ वर्षीय गोमनसिंह मगरको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो ।
मङ्गलबार साँझदेखि हराएका उनलाई जङ्गलभित्र लगेर कसैले हत्या गरेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । उनको धारिलो हतियारले टाउको छिनाएको र शरीरका विभिन्न भाग काटिएको अवस्थामा छ । सङ्घीय प्रहरी कार्यालय विराटनगरबाट तालिम प्राप्त कुकुरसमेत ल्याएर अभियुक्तको खोजी गरिरहेको प्रवक्ता थापाले बताउनुभयो । उनको शव पोस्टमार्टमका लागि धरानस्थित विपी मोमोरियल अस्पताल पठाइएको छ ।

Recent News
- राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्बभन्दा बढी बिगो दाबी
- नेप्से १.४६ अंकले घट्यो, ४ अर्ब ४२ करोडको कारोबार
- हिरासतभित्र गृहमन्त्री टोलीले धम्की र दबाब दिएको आरोप, मानव अधिकार आयोगमा उजुरी दर्ता
- रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा
- रास्वपा महाधिवेशनको भोजन तथ्याङ्क: दैनिक ९ क्विन्टलसम्म मटन खपत
- नबिल बैंकको ‘ए’ रेटिङ पुनः पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा प्रभावित हुने
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण
- एफएटीएफको ग्रे लिस्टमै रह्यो नेपाल, खैरो सूचीबाट बाहिरिन असफल
Crime
Politics
- रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण
- प्रतिनिधिको नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु भएन
- रास्वपा महाधिवेशनको दोस्रो दिन आज, विधान संशोधनदेखि निर्वाचन प्रक्रियासम्मका महत्वपूर्ण एजेन्डा




प्रतिकृया