• २ असोज २०८३, शुक्रबार
  • ३ः०८ दिउँसो

तलव वृद्धि र सुविधा थप

प्रकाशित मिति

२०७७ भाद्र १७ गते, बुधबार ०४:०८

काठमाडौं, कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले नयाँ श्रम कानून अनुसार कामदारलाई तलव र सुविधा नदिने रोजगारदातालाई जरिवाना गर्ने बताएको छ । कतारले गत अगष्ट ३० तारेखमा जारी गरेको नयाँ कानूनले कामदारलाई तलव वृद्धि र सुविधा थप गरेको छ । जसअनुसार कानून सार्जजनिक भएको ६ महनिापछि कतारमा काम गर्ने आप्रवासी कामदारहरुलाई न्यूनतम तलव १ हजार रियाल र आवासका लागि ५ सय तथा खानाका लागि ३ सय रियाल गरी १ हजार ८ सय रियाल उपलव्ध गराउनु पर्नेछ ।

National Life

यसका अतिरिक्त करार अवधिभित्र कामदारले रोजगारदाता परिवर्तन गर्न चाहेमा यसअघि जस्तो रोजगारदाताले दिने नो अब्जेक्सन लेटर आवश्यक नपर्ने गरिएको छ । रोजगादाता परिवर्तन गर्दा करार अवधि दुई वर्षभन्दा कम भएका एक महिना र दुई वर्षभन्दा बढी भएमा दुई महिना अगावै रोजगारदातालाई सूचना भने दिनुपर्ने छ । सूचना नदिने कामदारलाई जरिवाना गरिने छ ।कतारले गरेको सुधारको मानव अधिकारवादी संस्था एम्नेष्टि इण्टरनेशनल, आईएलओ र आईटीयूसीलगायतका अन्तर्राष्ट्रिय संस्थाहरुले स्वागत गरिहेका छन् । कतारले कामदारको गुनासो व्यवस्थापनलाई श्रम निरीक्षकहरुको वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ ।

यसैबीच कतार चेम्बर अफ कमर्सले वृद्धि हुने न्यूनतम तलव कुनै भेदभाव विना कार्यान्वयन हुने बताएका छन् । उक्त संस्थाले न्यूनतम तलव निर्धारण र रोजगारदाता परिवर्तनले आप्रवासी श्रमिकलाई सुरक्षा प्रदान गर्ने भन्दै न्यूनतम तलव कार्यान्वयन भएपछि स्थानीय श्रम बजारलाई दिगो बनाउने विश्वास व्यक्त गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया