• ९ असोज २०८३, शुक्रबार
  • ५ः०३ बेलुका

स्रोत नखुलेको रकमको अभियोगमा पक्राउ

प्रकाशित मिति

२०७७ भाद्र १४ गते, आईतवार ०९:१२

बुटवल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं ५ को पूर्वाधार विकास कार्यालयका एक सिनियर डिभिजन इञ्जिनीयरलाई आज मन्त्रालय परिसरबाट रकमसहित पक्राउ गरेको छ ।

National Life

आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले प्रदेश नं ५ भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाट सोही मन्त्रालय, बाँके जिल्लास्थित पूर्वाधार कार्यालयका इञ्जिनीयर मनिषकुमार अर्याललाई स्रोत नखुलेको भनिएको रु पाँच लाख ३० हजारसहित पक्राउ गरेको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभयो ।

उनलाई आज अपराह्न ४।३० बजे कार्यालय समय सकिनै लाग्दा सवारी साधनबाट मन्त्रालयबाट बाहिर निस्कने क्रममा पक्राउ गरिएकोे बताइएको छ ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया