कारोबारमा समस्या, नेप्सेको उकालो यात्रा जारी
प्रकाशित मिति
२०७७ भाद्र १४ गते, आईतवार ०७:४१
काठमाडौँ, नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा आएको समस्यामा कारण धितोपत्र बजारमा शेयर कारोबारमा समस्या देखियो । आज बिहान ११ः०० बजे कारोबार शुरु हुने बित्तिकै देखिएको समस्या दिउँसो ३ः०० बजेसम्म जारी रहेको थियो ।
समस्या समाधान नहुञ्जेलसम्म नेप्सेले कारोबार समय थप गरेको थियो । नेप्सेले कारोबार समय साँझ ५ः१५ सम्म थप गरेको थियो । थप गरिएको समयमा समेत भएको आजको कारोबारमा नेप्से परिसूचक ४।६४ विन्दुले बढेर एक हजार ४६२।६७ मा पुगेको छ । नेप्से बढे पनि सेन्सेटिभ परिसूचक भने ओरोलो लागेको छ । सेन्सेटिभ परिसूचक ०।८० ले घटेर २९६।२९ मा पुगेको छ ।
कूल १८६ कम्पनीका ३६ लाख ८५ हजार ९६३ कित्ता शेयर रु एक अर्ब ६१ करोड ४५ लाख ५४ हजार ३०० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ ७।४४, विकास बैंक ०।४५ र सामूहिक लगानी कोष ०।०३ अङ्कले घटे । यस्तै व्यापार १८।०७, होटल ०।६३, जलविद्युत् ९।३९, वित्त १।६२, निर्जीवन बीमा ९४।३, उत्पादन २६।५६, अन्य २६।१३, लघुवित्त २।३७ र जीवन बीमा २६।३२ अङ्कले बढेको छ ।
स्टकका अनुसार आज कारोबारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३४ करोड ३२ लाख १० हजार २३५ बराबरको कारोबार भयो । यस्तै एनआरएन इन्फ्रास्ट्रकचर रु ११ करोड ८४ लाख ९० हजार १३०, नेको इन्स्योरेन्स रु आठ करोड ४४ लाख ५० हजार १७७ र शिवम् सिमेन्ट रु सात करोड ८९ लाख ८९ हजार ५८० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
यस्तै, कारोबारका आधारमा आज एनआरएन इन्फ्रास्ट्रकचर ९।७६, नेपाल पुनरबीमा कम्पनी ८।६०, सिद्धार्थ इन्स्योरेन्स ८।१८, उन्नति सहकार्य लघुवित्त ७।९८, हिमालयन पावर पार्टनर ७।६४ र अरुण काबेली पावरका लगानीकर्ताले ७।६३ प्रतिशतले कमाए । त्यस्तै, तारागाउँ रिजेन्सी होटल ५।१६, लक्ष्मी इक्विटी फण्ड ३।६६, मल्पिर्पस फिनान्स कम्पनी ३।५४, युनियन हाइड्रोपावर ३।५१ र वेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले २।९४ प्रतिशतले गुमाए ।
रासस






प्रतिकृया