सप्तऋषी मन्दिरको प्राण प्रतिस्थापन
प्रकाशित मिति
२०७७ भाद्र ७ गते, आईतवार ०६:४१
भक्तपुर, भक्तपुरको अनन्त लिंगेश्वर महादेव मन्दिर परिसरमा सप्तऋषी मन्दिरको प्राण प्रतिस्थापन गरिएको छ । भक्तपुरका सांसद एवं नेकपा केन्द्रीय सदस्य महेश बस्नेतको उपस्थितिमा प्राण प्रतिस्थापन गरिएको थियो । पछिल्लो समयमा बढ्दै गएको कोरोना संक्रमणका कारण सरकारले जारी गरेको निषेधाज्ञाका कारण औपचारिक रुपमा कार्यक्रम नगरीकन निषेधाज्ञाको पूर्ण पालना गर्दै सामाजिक दूरी साथ उपस्थित भइ उक्त प्राण स्थापना गरिएको थियो ।
हरितालिका तीजलाई मध्यनजर गर्दै प्रतिस्थापनको लक्ष्य राख्दै निर्माण सुरु गरिएको उक्त प्राण प्रतिस्थापनका लागि स्थानीय महिलाहरुको माग अनुसार उक्त क्षेत्रमा सप्तऋषीको मन्दिर, मन्दिरजाने फलामे पुल र सिडीलगायतको निर्माण सम्पन्न भएको छ ।
महिलाहरूको महान चाड हरितालिका तीज र ऋषि पञ्चमी अर्थात नारीहरुले सप्त ऋषिहरुको पुजा अर्चना गर्ने विशेष दिनलाई मध्य नजर गरि अनन्त लिङ्गेश्र्वर महादेव मन्दिरको अनन्त कुण्ड संगै नवःनिर्मित सप्तऋषी मन्दिरको विधिवत् रुपमा गुरु द्वारा जपतप र पुजा अर्चना गरी प्राण प्रतिस्थापन गर्ने काम सम्पन्न भएको स्थानीय दिनेश थापाले जनाए ।








प्रतिकृया