देउवाद्धारा पार्टीको १२ केन्द्रीय विभाग विस्तार
प्रकाशित मिति
२०७७ श्रावण २६ गते, सोमबार ०९:०४
काठमाडौं, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका १२ केन्द्रीय विभाग विस्तार गरेका छन् । देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम आइतबार १२ वटा केन्द्रीय विभागमा उपप्रमुख, सचिव, सदस्यहरुसहित ४ सय ५७ जनालाई मनोनयन गरेका हुन् ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा संगठन विभाग, शिक्षा विभाग, यातायात व्यवसायी समन्वय विभाग, मुस्लिम विभाग,तराई–मधेश समन्वय विभाग,संघीय मामिला तथा प्रदेश समन्वय विभाग, वन, वातावरण तथा विपत व्यवस्थापन विभाग, वित्तीय तथा सहकारी संस्था समन्वय विभाग, स्थानीय तह समन्वय विभाग र निर्माण व्यवसायी समन्वय विभाग विस्तार गरिएको जनाइएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्वाचन आचारसंहिता तथा विधान विपरीत निर्णय र मनोनयन भइरहेको भन्दै देउवाका निर्णय खारेजीको मागसहित पार्टीको निर्वाचन समितिमा उजुरी, देउवालाई ध्यानाकर्षण पत्र र पत्रकारसम्मेलन गरेर विरोध जनाएको थियो ।





प्रतिकृया