सांसद बस्नेत द्धारा अनन्त कुण्डको उद्घाटन
प्रकाशित मिति
२०७७ श्रावण २० गते, मंगलवार ०१:१३
भक्तपुर, अनन्तलिङ्गेश्वर महादेव मन्दिरको पाउमा निर्माण गरीएको अनन्त कुण्डको उद्घाटन गरिएको छ । सूर्यविनायक नगरपालिका वडा नं ४ मा पर्ने, देशभर रहेका ६४ शिव लिङ्गमध्येको ४१ औं शिव लिङ्गको रुपमा रहेको अनन्तलिङ्गेश्वर महादेव मन्दिर कुण्डको जनै पूर्णिमाको दिन पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले द्घाटन गरेका छन् ।
सांसद विकास कोष र नगरपालिकाको साझेदारी, जलस्रोत डिभिजन कार्यालय भक्तपुर तथा स्थानीयको सहयोगमा रु ३९ लाख ७१ हजारको लागतमा निर्माण गरिएको अनन्त कुण्ड, सिढिँ, पुजा स्थल, तीन वटा ढुङ्गेधारा, भर्याङ, मन्दिर परिषरमा कम्पाउण्ड लगाउने कार्यलगायतको निर्माण सम्पन्न भएसंगै शुभारम्भ गरिएको हो । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व रहेको प्रसिद्ध मन्दिर अनन्तलिङ्गेश्वर महादेव मन्दिरसंगै केही महिना अघि नै उक्त स्थानमा अनन्त झुला समेत निर्माण गरिएको छ ।
कार्यक्रममा सांसद बस्नेतले अनन्तलिङ्गेश्वर रहेको इतिहासका पानाहरुमा रहेको ऐतिहासिक धार्मिक स्थल रहेको बताउदै यहाँ बाँकी रहेको भौतिक संरचना निर्माणलाई निरन्तरता दिने बताए ।
यसक्षेत्रको दीर्घकालिन विकासका लागि नगरपालिकासँग सहकार्य गरी भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आर्थिक वृद्धिदरको मेरुदण्डको रुपमा अगाडि बढाउने बताउदै उनले महादेव खोलादेखी उक्त स्थानसम्म फुट ट्रायल तथा स्वीमिङ पुलको निर्माण गर्ने योजना समेत अघि बढाएको बताए ।
दीर्घकालिन तथा जनमुखी योजना आएमा भक्तपुरका कुनै पनि क्षेत्रमा विकासको लागि संघ, प्रदेश र स्थानीय सरकारको तर्फबाट बजेटमा कमी नहुने उनको भनाई छ । कोटेश्वरको बालकुमारीदेखी अनन्तलिङ्गेश्वर हुँदै रानीकोटसम्म जाने सडक निर्माणको लागि ४० करोड लागतमा ८ मिटरको सडक निर्माणको चरणमा पुगेको चर्चा गर्दै उनले भक्तपुरका सडक, खानेपानी, ढल, कोरिडोर, विद्यालय, स्वास्थ चौकीलगायतका भौतिक तथा वातावरणीय विकासका कार्य अगाडि बढेको बताए ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले अनन्तलिङ्गेश्वरको विकास गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।






प्रतिकृया