• २७ भदौ २०८३, शनिबार
  • ४ः०२ बेलुका

नरमायाको उपचारमा कलाकार स्वस्तिका

प्रकाशित मिति

२०७७ श्रावण २० गते, मंगलवार १२:४४

काठमाडौं, ४५ बर्षिय नरमाया घले बिगत १ बर्षदेखी सहयोग दाताको प्रतिक्षामा हुनुहुन्थ्यो । नुवाकोट लिखु गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौंको नागार्जुन ३ हलचोक बस्दै आउनु भएको छ ।
ढाड भाँचिएपछि निकै कष्टकर जीवन बाँचिरहनुभएकी नरमायाको आर्थिकस्थिती कमजोर भएकाले उपचार गर्नै पाउँदिनकी भन्ने चिन्ता थियो तर अहिले कलाकार स्वस्तिका लामिछानेका कारण नरमाया खुसी देखिनुहुन्छ । घर बनाउने काम गर्ने क्रममा पाँच तलाबाट खसेर उनको ढाड भाँचिएको हो ।

National Life

कोरोना भाइरसका कारण चलचित्र तथा टेलिचलचित्रको काममा बिश्राम गरिरहनुभएकी कलाकार स्वस्तिका यो अवधिमा सामाजिक काममा सक्रिए देखिनुभएको छ । नरमायाको समस्या बुझिसकेपछि उहाँसँगै बहिनी सितल लामिछाने र तारा रानाभाटको टिमले सहयोगका लागी बिभिन्न ठाउँमा पहल गरिरहनुभएको छ । हामीले उहाँको समस्या थाहा पाउनासाथ डाक्टरलाई रिपोर्ट देखाउँदा उपचारका लागी ढिलो भइसकेको रहेछ । अब उपचार गर्नका लागी १ लाख ५० हजार लाग्ने भएकाले सहयोगी मनहरुलाई अपिल गरिरहेका छौं । कलाकार स्वस्तिकाले भन्नुभयो । सहयोग अभियानमा नागार्जुन

नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रेमलाल श्रेष्ठ पनि जोडिनु भएको कलाकार स्वस्तिकाले बताउनु भयो । सहयोग अभियानका लागी अहिलेसम्म १६ दिनको अवधिमा ६३ हजार २ सय ५० रुपैंया उठको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया