• २८ भदौ २०८३, आइतबार
  • ९ः५० राती

जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा

प्रकाशित मिति

२०७७ श्रावण २० गते, मंगलवार ११:५२

जनकपुरधाम, गएराति १२ बजेदेखि एक साताका लागि जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार केरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो ।

National Life

पूर्वमा कपिलेश्वर बसपार्क, पश्चिममा कुर्था र बसबिट्टी जाने बाटो ९ दूधमति पुल० उत्तरमा क्षीरेश्वर नगरपालिकाको जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने औरही खोलाको पुल र दक्षिणमा बनौली मोड, बसहिया सडकमा पर्ने सोनामति मन्दिर एवं प्रदेशसभा जाने मोडको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सो अवधिभर ९साउन २५ राति १२ बजेसम्म० अतिआवश्यक सेवाबाहेक सम्पूर्ण पसल र उद्योग सेवा बन्द गरिएको छ ।
रासस

प्रतिकृया