• ३० भदौ २०८३, मंगलबार
  • २ः०५ राती

लमजुङका घरबास भदौ १ देखि खुल्दै

प्रकाशित मिति

२०७७ श्रावण १८ गते, आईतवार ०४:०६

लमजुङ, कोरोनाको त्रास तथा लकडाउनका बेला बन्द पर्यटकीय जिल्ला लमजुङका घरबास आगामी भदौ १ गतेदेखि पर्यटकका लागि खुला रहने भएको छ । उत्तरी भेगमा रहेका लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा अवस्थित दक्षिण एशियाकै नमूना तथा नेपालकै पहिलो स्मार्ट भिलेज क्व्होलासोथर गाउँपालिका– ३ घलेगाउँ घरबास पर्यटकका लागि खुला गर्न लागिएको निर्णय ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आज बसेको बैठकले गरेको हो ।

National Life

लामो समयदेखि बन्द यहाँका घरबास स्वास्थ्य सावधानी अपनाउँदै आन्तरिक पर्यटकका लागि खुला गर्न लागिएको समितिका अध्यक्ष तथा सो गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । कोरोनाको त्रास रहे पनि यस सँगसँगै अघि बढ्नका लागि कोरोना रोकथाम तथा नियन्त्रणका लागि घरबासमा आउने पर्यटक तथा घरबास सञ्चालकले नियमित हात धुने, अनिवार्य मास्क, सेनिटाइजर र पञ्जा लगाउनुपर्ने साथै सामाजिक दूरीसमेत कार्यम गर्नुपर्ने उहाँको भनाइ छ ।

घरबास सरकारले तोकेको मापदण्डभित्र रहने छन् । यसअघि यहाँका घरबासमा पर्यटक आए वा पर्यटक राखेमा घरबास सञ्चालक दुवैलाई जरिवाना तोकिँदै आएको थियो । पर्यटकका लागि घरबास खुला गरिए पनि तत्कालका लागि भने जिल्लाभित्रका आन्तरिक पर्यटकका लागि मात्र खुला गरिएको र बाहिरी जिल्ला तथा बाह्य पर्यटकका लागि भने खुला भइनसकेको घरबासका सचिवालय सदस्य दीर्घराज घलेले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै घरबासमा प्रत्येक कोठामा क्षमताभन्दा आधा मात्र राखिने छ । परिवार नै आएमा एउटै परिवारका सबै जना एकै ठाउँमा राखिने समितिले जनाएको छ । परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्गा, कृष्णचरित्र, घ्याब्रोलगायत नृत्य तथा भीडभाड बढी हुने कार्यक्रम भने घरबासमा तत्काल नहुने भएको छ ।
यहाँ आएका पर्यटकलाई यसअघि प्रतिव्यक्ति करीब रु एक हजार लिइँदै आएको शुल्क नै कायम हुने भएको छ । नेपालकै दोस्रो तथा जिल्लाकै पहिलो घलेगाउँ घरबास विसं २०५७ देखि शुरु भएको थियो ।

घलेगाउँ समुद्री सतहबाट दुई हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण छ । यो आदिवासी जनजातिमध्ये तमु ९गुरुङ०को उद्मस्थल तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ हो । बत्तीस घर दलित र ९३ घर गुरुङका गरी १२५ घरधुरीका स्थानीयवासीको बसोबास रहेको यहाँ घले (गुरुङ) र दलित समुदायले घरबास चलाएका छन् ।

दुई घरबास दलित समुदायको र ३८ गुरुङ समुदायले सञ्चालन गरे पनि यतिबेला गुरुङ समुदायको मात्र घरबास सञ्चालनमा रहेको समितिका सचिव उमल विकले बताउनुभयो । छ हजार ९८६ मिटर उचाइको लमजुङ हिमाल, सात हजार ९३५ मिटर उचाइमा रहेको अन्नपूर्ण हिमाल ९दोस्रो०, अन्नपूर्ण हिमाल९चांथो०, छ हजार ९६३ मिटर उचाइमा रहेको माछापुच्छ«््े हिमाल, आठ हजार १६३ मिटर उचाइमा रहेको मनास्लु हिमाल, सात हजार ८९३ मिटर उचाइमा रहेको हिमालचुली, सात हजार ८३५ मिटर उचाइमा रहेको ङादीचुली ९डा हर्क हिमाल० र छ हजार ६७२ मि उचाइमा रहेको बुद्ध हिमाल घलेगाउँबाट देख्न सकिन्छ ।

सूर्योदयको मनोरम दृश्य, सूर्यास्तको दृष्यावलोकन, गुरुङ समुदायको परम्परागत गुरुङ घर, गुरुङ सङ्ग्रहालय, क्वोइबो धीं, घले राजाको शालिक, सात कुवा, चिया बगान, भीर मौरी, वनझाङ्ग्री छहरा, नमूना चिया बगानको अवलोकन, दृश्यावलोकनस्तम्भलगायत स्थानले थप पर्यटकलाई घलेगाउँले तान्ने गरेको पाइन्छ । नमूना चिया बगानको अवलोकन, गुरुङ खाना, सूर्योदय र सूर्यास्तको दृष्यावलोकन, घलेराजाको उद्यान र गुरुङ सङ्ग्रहालय हेर्न सकिन्छ । लमजुङ सदरमुकाम बेँसीशहरबाट सो गाउँ पुग्न २३ किलोमिटरको दूरी पार गर्दै सवारी साधनमा करीब तीन घण्टा र पैदलयात्रा गरेमा करीब पाँच घण्टा लाग्छ ।
रासस

प्रतिकृया