राखेप सदस्यसचिवमा पौडेलको सम्भावना बलियो
प्रकाशित मिति
२०७७ श्रावण ४ गते, आईतवार ०४:३५
काठमाडौँ, राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवको छनोट प्रकृया अगाडि बढेको छ। युवा तथा खेलकुद मन्त्रालयले सदस्यसचिवका लागि आह्वान गरेको खुला दरखास्तको समयमा २७ जना प्रत्यासी देखिएका छन्।
दरखास्त दिने २७ जनामध्ये निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालदेखि स्पोर्ट्स साइन्समा विज्ञता हाँसिल गरेका अचुतम लामिछानेसम्म छन्। दरखास्त दिनेमध्ये प्रधानमन्त्रीको गृह जिल्ला झापाका मेघराज पौडेलको चर्चा सदस्यसचिवका रुपमा बाक्लिएको छ।
पौडेल राखेप सदस्यसचिवका लागि दरखास्त दिने झापाबाट एक्ला हुन्। उनी हाल पर्वतारोहण खेलकुद महासंघसँगै नेपाल स्पोर्टस क्लाईम्बिङ संघमा महासचिव रहेका छन्। उनी तत्कालीन एमालेको खेलकुद महासंघमा पनि थिए। उनको उमेद्धवारीलाई अर्थपूर्णरुपमा हेरिएको छ। निवर्तमान सदस्यसचिव रहेका सिलवालको पनि सम्भावना बलियो मानिन्छ। यसअघि उनी सत्तारुढ नेकपाको कोटाबाट राखेप सदस्यसचिव भएका थिए।
मन्त्रालयले गठन गरेको सिफारिस समितिले उक्त सूचिबाट एक महिलासहित तीन जनाको नाम मन्त्रालयलाई सिफारिस गर्ने छ। मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जनालाई राखेपको सदस्यसचिव नियुक्त गर्ने निर्णय गर्ने छ।





प्रतिकृया